अनुमतिप्राप्त विद्यालयमा मात्र भर्ना हुन शिक्षा मन्त्रालयको आग्रह

  • प्रकाशित मितिः चैत्र २७, २०८०
  • 125 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
काठमाडौं, चैत २७-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्था र बोर्डबाट सञ्चालित अनुमतिप्राप्त विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ । आईबी, सीबीएसईलगायत विदेशी बोर्डबाट सञ्चालित विद्यालयहरूको सम्बन्धमा मन्त्रालयमा उजुरी र गुनासो आएको भन्दै अनुमति नै नलिई पठनपाठन गराउँदै आएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयले सूचित गरेको हो ।
आईबी, सीबीएसई र ए–लेभलको कक्षा सञ्चालन गर्न अनुमति पाएका ४९ वटा शिक्षण संस्थाको सूचीसमेत मन्त्रालयले सार्वजनिक गरेको छ । अनुमति पाएका विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न÷गराउन भनिएको छ । केही विद्यालयले अनुमतिबिनै आईबीको कक्षा सञ्चालन गरेको पाइएपछि विद्यार्थी, अभिभावकलाई सचेत गराइएको शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ । त्यस्ता शिक्षण संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको समेत शिक्षा मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयबाट अनुमति पाएकामध्ये ए–लेभलका ३० वटा, इन्टरनेसनल व्याकलरियट (आईबी) का दुईवटा, केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) का १३ र कूटनीतिक नियोगको सिफारिसमा सञ्चालित ४ वटा विद्यालय छन् । एलेभल बेलायत, आईबी स्विजरल्यान्ड र सीबीएसई भारतका शिक्षण संस्था÷बोर्डका शैक्षिक कार्यक्रम हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित