जनतासम्म पुगेन विकास

  • प्रकाशित मितिः फाल्गुन ५, २०७५
  • 1442 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन ५–जिल्लाका अधिकांश पालिकाहरुका सर्र्वसाधारणले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा तिनका आसपासमा मात्र विकास केन्द्रित रहेको गुनासा गरेका हुन् ।
जनता मात्र होइन, जुन पार्टीबाट विजयी भएका जनप्रतिनिधिहरु छन् तिन सम्बद्ध दल समेत असन्तुष्ट छन् । जिल्लाका दश पालिकामध्ये सात वटा पालिका नेकपा र तीन वटा पालिका कांग्रेसले जितेका हुन् । प्राय सबै पालिकाले  सडकलाई प्राथमिकतामा राखे पनि त्यो जनप्रतिनिधिको आसपासमा केन्द्रित रहेर काम गरिएको स्थानीयको गुनासो छ । 
तत्कालीन एमाले प्यानलले जितेको रावाबेसीमा जनतामुखी काम नभएको स्थानीयले बताएका छन् । उक्त पालिकाका अगुवा किसान रामबहादुर राईका अनुसार रोजगार, शिक्षा, स्वास्थ्य जस्ता विषयमा स्थानीय सरकारको ध्यान नगएको बताए । उनका अनुसार सभा, उद्घाटन तथा अन्य झिना मसिना काममा अलमलिएर जनप्रतिनिधिहरुले कार्यकाल व्यतित् गरिरहेको बताए । ‘रोजगार, शिक्षा, स्वास्थ्यजस्ता विषयमा जनप्रतिनिधिहरुको ध्यानै छैन ।’ राईले भने–‘खाली सभा, उद्घाटन र अन्य झिना मसिना कुरामा अलमिलिरहेका छन् ।’ राईले थपे–‘भाबी  पुस्तालाई काम दिने कुनै पनि काम गरेको देखिदैन ।’
तत्कालीन एमाले प्यानलले जितेको केपिलासगढी गाउ“पालिकामा पनि जनप्रतिनिधिकै आसपासमा विकासे योजना वितरण भएको गुनासा आएको छ । गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईको वरिपरि रहनेहरुसम्म मात्र विकासे योजना वितरण गरिएको स्थानीयले गुनासो गरेका छन् । ‘पालिका अध्यक्षको वरिपरि रहने नरनातादेखि चुनावमा सघाउ“नेसम्म मात्र विकास पुगेको छ ।’ उनले भने–‘तल्लोतहसम्म विकास पुगेकै छैन ।’ 
कांग्रेस प्यानलले जितको हलेसी तुवाचुङ नगरपालिका र तत्कालीन एमाले प्यानलले जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि चित्तबुझ्दो काम नभएको गुनासो छ । यी दुई नगरपालिकामा पनि तल्लोतहसम्म विकासको अनुभूति हुने गरी काम नभएको गुनासो आएको छ । अनुत्पादक र विकासका नाममा विनासकारी काम भएको गुनासो गरेका हुन् । एमाले प्यानलको बर्चस्व रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जनतामुखी भन्दा पनि जनप्रतिनिधिमुखी काम भएको गुनासो गरेका छन् ।  ‘कम्युनिष्टको सरकार भन्छ तर सामन्तवादलाई बढवा दिने काम गरिरहेको छ ।’ नेकपाका एक नेताले भने–‘यो अत्यन्त लाजस्पद विषय हो ।’ उनले थपे–‘जनप्रतिनिधिहरुको बबुरोपनाले जनताले विकासको अनुभूतिको कुरा त परै आओस्, पार्टीलाई समेत धक्का पुगेको छ ।’ उनले सुझाए–‘हामी पार्टीभित्र पनि कुरा उठाउ“छौं र मिडियाले पनि चेतना भर्नु पर्छ ।’ 
कांग्रेसले नेतृत्व जितेको ऐसेलुखर्क गाउ“पालिकामा पनि जनमुखी काम हुन नसकेको गुनासो आएको छ । तत्कालीन माओवादीले नेतृत्व जितेको साकेला गाउ“पालिकामा पनि भौतिक विकासमा मात्र ध्यान दिइएको स्थानीयले बताएका छन् । जनप्रतिनिधि वरिपरि रहनेले विकासे योजना सञ्चालन गरेको गुनासो छ । कांग्रेस प्यानलले जितेको दिप्रुङ चुइचुम्मामा पनि त्यस्तै हालत छ । आफू वरिपरि मात्र विकासे कार्यक्रम वितरण गरेको कांग्रेस सम्बद्धले बताए । 
तत्कालीन एमाले प्यानलले जितेको खोटेहाङमा पनि अवस्था उस्तै छ । भौतिक विकास अन्तरगत सडकलाई प्राथमिकतमा राखेकाले अन्य महत्वपूर्ण काम नभएको स्थानीयको भनाई छ । उक्त पालिकामा सबै भन्दा शिक्षाको अवस्था नाजुक भएको स्थानीयको भनाई छ । स्थानीय सरकारले शिक्षामा परिवर्तन दिन सक्ने योजना बनाउ“नु पर्नेमा पुरानै ढा“चामा शिक्षा योजना सञ्चालन भएको स्थानीयको गुनासो छ । यद्यपि अन्य पालिकाको तुलनामा यो पालिकामा सन्तुलन भने भएको स्थानीयले बताएका छन् ।
तत्कालीन एमालेले जितेको जन्तेढुङ्गा र कांग्रेसले नेतृत्व जितेको बराहापोखरीमा पनि अवस्था उस्तै छ । जनप्रतिनिधिहरुकै नेतृत्व गर्ने क्षमता भएकाले यस्तो अवस्था आएको स्थानीयको भनाई छ । शिक्षामा पुरानै अवस्था रहेको एक स्थानीयले बताए । 
शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासमा जिल्लाका प्राय सबै पालिकाहरुको ध्यान नगएको जानाकारहरु बताउ“छन् । खोटेहाङ गाउ“पालिकाको सिम्पानी क्याम्पसका पूर्व क्याम्पस प्रमुख राजन ढकालका अनुसार जिल्लाका सबै पालिकामा शिक्षासम्वन्धी राम्रो खालको योजना नबको बताए । शिक्षा अन्य विषयजस्तो नभएकाले दीर्घकालीन योजना बनाएर मात्र शिक्षाको गुणस्तर बन्ने ढकालले बताए । गाउ“पालिका तथा नगरपालिका प्रमुखहरुले भने विकास एकै चोटी हुने विषय नभएकाले क्रमैसंग काम भइरहेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित