मोबाइलबाट चिट चोरेको आरोपमा ६ परीक्षार्थी नियन्त्रणमा

  • प्रकाशित मितिः चैत्र २३, २०८०
  • 171 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २३–एइइ परीक्षमा मोबाइलबाट चिट चोरेको आरोपमा चैत २३ गते ६ परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँस्थित मनकामना जनकल्याण मावि परीक्षा केन्द्र र जालपा मावि केन्द्रमा मोबाइलबाट चिट गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार चैत २३ गते मेसेन्जर ग्रुप बनाएर प्रश्नपत्र बाहिर पठाउँने र बाहिरबाट उत्तर आएपछि सार्ने क्रममा बुवालुङस्थित अन्नपूर्ण माविका दुई छात्र र एक छात्रालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । उनीहरूको चैत २३ गतेको परीक्षा रद्द गरिएको छ ।
त्यस्तै जालपा मावि केन्द्रमा विहीबार भएको ऐच्छिक प्रथम अर्थशास्त्र विषयको परीक्षामा सामाजिक सञ्जालको दुरुपयोग गरी मोबाइलबाट चिट चोरेको आरोपमा तीन परीक्षार्थीलाई पनि चैत २३ गते नै नियन्त्रणमा लिएर अनुसन्धान बढाइएको छ । दुई छात्रा र एक छात्रलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको खड्काले बताए । सामाजिक सञ्जालबाटै प्रश्नपत्र बाहिरिएकाले शिक्षा ऐन २०२८ को दफा १७ प्रभावित हुने गरी परीक्षाको मर्यादा विपरित क्रियाकला परेकाले यसबारेमा गहन अनुसन्धान भइरहेको खड्काले बताए । जालपाबाट नियन्त्रणमा लिएका तीनै जनाको चैत २२ गतेको परीक्षा रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित