तीन कार्यविधि पारित

  • प्रकाशित मितिः फाल्गुन ५, २०७५
  • 1247 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन ५–दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिकाले तीन वटा कार्यविधि पारित गरेको छ । गत फागुन २ र ३ गते भएको कार्यपालिकाको बैठकले कृषि विकास कार्यक्रम तथा व्यवस्थापन कार्यविधि, सरसफाइ तथा फोहर मैला व्यवस्थापन कार्यविधि र बजार अनु्गमनसम्वन्धी कार्यविधि पारित गरेको हो ।
बैठकले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा समेत गरेको छ । उक्त समीक्षामा पूजी“गततर्फ ७५ प्रतिशत काम भएको मध्ये ५७ प्रतिशतको रकम निकासा भएको र चालु खर्च ४१ प्रतिशत भएको फागुन ५ गते पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार मध्यपहाडी लोकमार्ग र सगरमाथा लोकमार्गले सर्वसाधारण पीडित बनेकाले उनीहरुका लागि उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष ध्यानाकर्षण गराउने निर्णय भएको बताए । उक्त मध्यपहाडी लोकमार्गले ३१ मिटरसम्मको क्षेत्र ओगट्ने भएकाले त्यसलाई घटाएर १५ मिटरमा झार्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको समेत जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित