'एकै वर्षको विकास बढी'

  • प्रकाशित मितिः असार २०, २०७५
  • 2972 पटक पढिएको
  • संवादताता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर दीपनारायण रिजालले २०७४ असार १८ गते जनताको नाममा सपथ लिनुभएको हो । मेयर रिजालले जनताको सेवामा समर्पित हुने तथा जवाफदेहि भएर जिम्मेवारी वहन गर्ने सफथ लिनुभएको असार १८ गते एक वर्ष पूरा भएको छ । यसबीचमा ‘समाजवाद उन्मुख सभ्य र समृद्ध नगर ः दिक्तेल रुमबासीको रहर †’ भन्ने मान्यताका साथ काम गरिरहनु भएको छ । यही सेरोफेरोमा वर्ष दिनभित्र के कस्ता परिवर्तन भयो,  अबको योजना के छ ? भन्ने बारेमा मेयर रिजालसंग रामधन राईले गरेको कुराकानी :

तपाईको कार्यकाल एक वर्ष पूरा भएको छ । नगरपालिकामा के परिवर्तन आयो  ?
नगरबासीले महसुस गर्ने परिवर्तन भएको छ । पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास,संस्थागत सुशासन तथा सेवा प्रवाह लगायत सबै क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छ । यतिसम्म भन्न सकिन्छ कि केही वडाहरुमा इतिहासदेखि हामी निर्वाचित हुँदासम्म भएको विकास र हामी निर्वाचित भएपछि भएको विकासलाई तुलना गरेर हेर्ने हो भने, हामी निर्वाचित भएपछि भएको विकास बढी भएको छ । म दाबीका साथ भन्छु स्वतन्त्र तरिकाले तेस्रो पक्ष नियुक्त गरी हामी निर्वाचित हुनुपूर्व इतिहासदेखि भएको बिकास र हामी निर्वाचित भएपछिको विकास तुलना गर्न लगाऔ हामीले एक वर्षमा बढी गरेका छौ । 
विकासको सन्दर्भमा देखिने विकास कहाँ भएको छ ?
१५ वटै वडामा भएको छ । प्रत्येक वडामा कम्तिमा १–१ वटा ठूला पूर्वाधारका कार्यक्रम कम्तिमा ३० लाखको लगानीमा सम्पन्न गरिएको छ । दिक्तेल बजारमा मोटरसाइकल समेत हिड्न नसक्ने अवस्थालाई हामी निर्वाचित भएको ४५ दिनमा नै सुधार गरेका छौ । बुइपाको पञ्चेदोबाटो बजार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ४० प्रतिसत भन्दा बढी काठको पोललाई आइरनपोलमा रुपान्तरण गर्ने काम भएको छ । महुरेगढी, भुलभुले, मझुवागडी कालिका देबिस्थान, साप्सुढाप पर्यटन प्रबद्र्धनको काम अन्तिम चरणमा पुगेको छ । यी र यस्ता अनगिन्ती कामहरु भएका छन । अस्पताल चौक हुँदै भानुचोक खानिडा“डा सडक पिच गर्नका लागि टेण्डर भई सकेको छ । दिक्तेल बजारको पिच गर्ने योजना अन्तिम चरणमा पुगेको छ । दिक्तेल बजारमा सपिङ कम्पलेक्स निर्माणको परामर्शदाताबाट अध्ययन भइरहेको छ । लगाइत थुप्रै ठूला र महत्वका योजनाहरु सञ्चालन हुने अवस्थामा छन् । 
सडकको अवस्था उस्तै नाजुक छ । किन यस्तो भएको हो ?
सबै सडकहरु अहिले निर्माणधिन अवस्थामा छन् । निर्माणधीन अवस्थामा स्वभाबिक रुपमा हाम्रो जस्तो माटो भएको भूभागमा पानी परेपछि केही गर्दा पनि सम्भव नहुने रहेछ । वर्षायाम सुरु भएपछि अवस्था उस्तै हो कि भनेजस्तो लाग्छ तर स्टक्चरको काम सम्पन्न भइसकेको अव्स्था छ । अब अर्को वर्ष यस्तो अवस्था रहँदैन । 
विगतको तुलना गरेर हेर्दा धेरै सुधार भएको छ तर जति सुधार हुनुपर्ने भएको छैन । सडकहरु निर्माणधीन अवस्थामा भएका कारण यस्तो भएको हो । म सम्पूर्ण नगरबासीलाई विश्वास दिलाउछु –अर्को वर्ष सडकमा उल्लेखनीय उपलब्धि हामीले हासिल गरेका हुने छौ । यस पटक हामीले नया“ सडक जति खन्नुपर्ने हो खनिसक्यौ, अब हामी सडकको स्तरोन्नतिमा मात्र बजेटिड गर्छौ । 
कृषिबाट समृद्ध दिलाउने योजना बनाउ“नु भएको थियो तर खै त ? 
यस आर्थिक वर्षमा कृषिमा उल्लेखनीय सुधार भएको छ । नमूना कृषि उद्यमी कार्यक्रम मार्फत ३१ जना उद्यमीहरु छनोट गरी २१ तरकारी खेती, ८ माछापालन १ च्याउ खेती र १ मौरीपालन कार्ययोजना अनुसार उद्यम प्रबद्र्धन गरी स्वरोजगार र उत्पादन प्रबद्र्धन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चालु अािर्थक वर्षमा यस नगर क्षेत्रभित्र ९ वटा (केरा खेती–२, सुन्तला कागती–२, लिची–१, अलैंची–२ किवी–२) पकेटहरु छनोट गरी सञ्चालनमा रहेका छन । जसबाट ती बालीहरुको खेतीक्षेत्र विस्तार भएको र आगामी दिनहरुमा उत्पादन बृद्धि हुनेछ । नगर रेन्बो ट्राउट विकास कार्यक्रम अन्तरगत २ वटा नया“ रेन्बो ट्राउट फर्महरु विकास भइरहेको छ । जसबाट एक सय घन मिटर रेन्बो ट्राउट पाल्ने ठाउ“ (रेसवे) तयार भई वार्षिक करिब दुई टन थप रेन्बो ट्राउट माछा उत्पादन हुने अनुमान छ । बेमौसमी तरकारी खेती प्रवद्र्दन कार्यक्रम अन्तर्गत नगरक्षेत्रभित्र तीन सय वटा प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । जसले बेमौसमी तरकारीको क्षेत्र विस्तार र उत्पादन प्रबद्र्धन भएको छ । 
चालु आर्थिक वर्षमा नगर क्षेत्रभित्र २ सय मे.टन रासायनिक मल ढुवानी अनुदानमा वितरण गरिएको छ । नगर क्षेत्रभरि ७५ वटा मुत्र सङ्कलन सहितको गोठ सुधार, सिंचाइको लागी २० वटा प्लाष्टिक पोखरी र २ वटा साना सिंचाई निर्माण गरिएको छ । बीज बृद्धि कार्यक्रम अन्तरगत आलु र गहु“का उन्नत जातको मुल बिउ भित्रयाइएको छ । जसले जातीय सुधार भई उत्पादन बृद्धि हुने अपेक्षा लिइएको छ । साथै कालो धानको बिउ दिक्तेल र जाल्पा लगायतका क्षेत्रमा परीक्षण गरिदै छ । स्थलगत कृषक तालिम (७५), क्ष्एः कृषक पाठशाला (१), बाली उपचार शिविर (१), कृषक प्राविधिक अन्तरक्रिया (५), सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया (५) आदि कार्यक्रमहरु संचालन गरी कृषिसम्वन्धी ज्ञान, सीप र प्रविधिहरु किसानसम्म लैजाने प्रयास गरिएको छ । वित्तीय साक्षरता कक्षा, एकल महिला लक्षित कार्यक्रम, रेडियो जिङ्गल, प्राविधि प्रकाशनका माध्यमबाट लक्षित समूहसम्म उद्यमशिलता र आयआर्जन बृद्धि प्रवद्र्दन गरिएको छ । नगरपालिकाको कृषि प्रोफाईल निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
शिक्षा नीति पारित गर्नुभएको छ । उक्त नीति लागू भयो ?
हो, हामीले सायद देशकै गणना गर्न लायक हुने गरी शिक्षा नीति पारित गरेका हौं । यो नियमावलिको बारेमा राष्ट्रिय स्तरमा समेत निकै चर्चा परिचर्चा पनि भएको छ । यो नियमावलीलाई हामीले कार्यन्वयनमा ल्याएका छौ । बृहत शैक्षिक सेमिनारको आयोजना गरी शिक्षा क्षेत्रलाई गुणात्मक सुधार गर्ने योजनाका साथ हामी अगाडी बढेका छौ । 
स्वास्थ्य क्षेत्रमा के परिवर्तन आयो ?
दिक्तेल अस्पतालमा देखिने परिवर्तन भएको छ । हामी जो कोही गएर हेर्न सक्छौ । अस्पतालको बाहिरी र भित्री दुबै स्वरुपमा हामीले परिवर्तन गराएका छौ । विजयखर्क, बाम्राङ र नेर्पामा स्वास्थ्य संस्था भवन निर्माणको चरणमा रहेको  छ । आगामी कात्तिकभित्र सञ्चालनमा आउने गरी ब्लड बैंक निर्माणको काम निरन्तर भइरहेको छ । विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरी १५ सय बढीलाई विशेषज्ञ सेवा प्रवाह गरिएको छ । बिरामीहरुका लागि खाना, विद्यालय स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, समुदायमा स्वास्थ्य प्रवद्र्दन कार्यक्रम विश्व स्वास्थ्य दिवस मनाइएको छ । महिला स्वास्थ्य स्वयमसेविकालाई पोशाक भत्ता वितरण, अस्पताल तथा वर्थिङ सेन्टर साइटहरुमा चौविस घण्टे प्रसुति सेवा सञ्चालन गर्न करार अ.न.मी. नियुक्ति लगायतका कार्यहरु हामीले गरेका छौं । 
यसबीचमा भएका कार्यहरुको कुरा गर्दा औषधी तथा सामाग्रीहरु प्याकिङ तथा ढुवानी, परिवार स्वास्थ्य कार्यक्रमका लागि पाटोग्राफ सहित फर्म–फर्मेट छपाई, अव्सटेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरुका लागि स्क्रिनिङ, रिङ पे्रसरी र भिआइए जा“च, आइयुसिडि र इम्प्लाण्ट सेवा जिल्ला अस्पतालबाट प्रदान गरिएको छ । स्वास्थ्य सम्बन्धी आयोजित कार्यक्रमहरुमा महिला स्वास्थ्य स्वयमसेसेविका दिवस मनाउनका साथै म.स्वा.स्व.से.हरुका लागि अर्धवार्षिक समीक्षा गोष्ठी २ पटक सम्पन्न  गरिएको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई दीर्घकालीन सेवाका लागि सम्मानजनक बिदाई  खोप तथा गाउ“घर क्लिनिक सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरुलाई फिल्ड भत्ता वितरण बिरामी नवजात शिशुका लागि निःशुल्क उपचार भिटामिन ए तथा जुकाको औषधि वितरणका लागि महिला स्वास्थ्य स्वयम् सेविका परिचालन समेत यसबीचमा गरिएको छ । जिल्ला अस्पतालको सेवा सुदृढीकरणका लागि निर्देशिका अनुसार कार्यक्रम सञ्चालन,  स्वास्थ्य चौकी स्तरमा स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन एबम् गुणस्तर सुधार कार्यक्रमका लागि समाग्रीहरु उपलव्ध, निःशुल्क स्वास्थ्य सेवाका लागि औषधी खरिद यी कार्यहरु नगरपालिकाले गरेको छ । 
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका लागि ओ.पि.डि. टिकट छपाई, आमा सुरक्षा कार्यक्रमका लागि यातायात खर्च तथा उत्प्रेरणा खर्च वितरण, जिल्ला अस्पतालमा उपचार हुन नसकेका विरामिका लागि रेफरवापतको रकम उपलव्ध, बर्थिङ सेन्टरमा प्रसुति गराए वापत न्यानो झोला वितरण जस्ता कार्य पनि नगरको स्वास्थ्य क्षेत्रमा भएको छ । सिलिकन रिङ–प्रेसरी खरिद गाउ“घर क्लिनिक सञ्चालानार्थ उपकरण खरिद, पूर्णखोप दिगोपनाका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसंग अन्तरक्रिया सम्पन्न भएको छ । नियमित खोप कार्यक्रमको कभरेज बढाउनका लागि बैशाख महिनालाई खोप महिनाको रुपमा मनाइएको थियो । बन्ध्याकरण घुम्ति शिविर अगावै महिला स्वास्थ्य स्वयम् सेविकासंग छलफल, स्टाफ नर्स तथा अ.न.मी.हरुलाई क्लिनिकल तालिम सञ्चालन, पूर्ण खोपयुक्त गाविस(वडा) तथा नगरपालिकाका लागि स्वास्थ्य संस्था प्रमुखहरुसंग एक दिने गोष्ठी सम्पन्न भएको छ । खोपको पहु“च नपुगेका र Drop Out पत्ता लगाउनका लागि महिला स्वास्थ्य स्वयम् सेविकाहरुसंग एक दिने गोष्ठी सम्पन्न, वाह्य खोप केन्द्र भवन निर्माण क्षयरोगको उपचार केन्द्रहरुमा अनुगमन तथा सुरक्षित मातृत्वको क्षेत्रमा पनि नगरपालिकाले सेवा प्रदान गर्दै आएको छ । वान हार्ट वल्र्डवाईड खोटाङसँग समन्वय गरि प्रसुति केन्द्र खार्मीको मर्मतसंभार तथा स्तरोन्नति (Renovation) र उक्त केन्द्रमा आवश्यक औजार उपकरण उपलव्धताका लागि समन्वय  वान हार्ट वल्र्डवाईडसंगकै समन्वयमा स्वास्थ्य चौकी जालपा र बुइपामा गर्भ जा“च भिडियो एक्सरेसम्वन्धी २१ दिने तालिम तथा मेसिन उपलव्ध गराइएको छ । सोही संस्थासंग समन्वय गरी जिल्ला अस्पताल खोटाङका एक जना मेडिकल अफिसरलाई Special Newborn Care Unit सम्वन्धी तालिम, दुई जना स्टाफ नर्सलाई SBA /Non-SBA Clinical Mentoring सम्वन्धी तालिम प्रदान गर्नका साथै SBA/Non-SBA Onsite Mentoring Clinical lab स्थापना र एक थान फोटो थेरापी मेसिन सेट उपलव्ध गराइएको छ ।
 वान हार्ट वल्र्डवाईडसंग समन्वय गरी २०१८ भित्र स्वास्थ्य चौकी दोर्पा चिउरीडा“डा र बुइपाको मर्मतसम्भार तथा स्तरोन्नति (Renovation) का लागि OHW Engineer  Cost Estimation तथा Measurement का कार्यहरु सम्पन्न भएका छन । 
पर्यटनमा जोड दिएको छु भन्नुभएको थियो तर त्यस्तो परिवर्तन त भएन नि ?
विकास यस्तो प्रक्रिया हो जो जादुको छडी जस्तो तुरुन्तको तुरुन्तै देखिहालोस तर हाम्रो नगरपालिकामा पर्यटनको क्षेत्रमा एक वर्षमा देखिने गरिकनको काम अगाडी बढेको छ । महुरेगढीमा सबैलाई आकर्षण गर्ने गरीको पर्यटकीयस्थल निर्माण भएको छ । भुलभुले तपाईहरु गएर आफै हेर्न सक्नु हुन्छ । साप्सुढापमा तपाई आफै जान सक्नुहुन्छ । मझुवागढी कालिका देविस्थानमा उल्लेखनीय परिवर्तन भएको छ । रुपाकोटलाई आकर्षक बनाउने काम अब सुरु हुदैछ । 
युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । उनीहरुलाई आफ्नै भूमिमा रोजगारी सिर्जना गर्ने कुरा गर्नु भएको थियो । कुनै काम भयो त ?
काम भइरहेको छ । नतिजामा देखिन बा“की छ । 
तपाईको कार्यकालभित्र नगरपलिकालाई कस्तो बनाउने योजना छ ?
‘समाजवाद उन्मुख सभ्य र समृद्ध नगर : दिक्तेलरुमबासीको रहर ’ भन्ने हाम्रो सपनालाई साकार बनाउने खुसी र सुखी नगरबासी हाम्रो अभियान हो । कार्यकालभरि हाम्रो नगर कस्तो बनाउने भन्ने कुरा देशकै पहिलो आवधिक योजना निर्माण गरी हाम्रा प्राथमिकताहरु निर्धारण गरेका छौ ।  
नगरपालिका अत्यन्तै फोहार र कुरुप छ । सफा र सभ्य नगरपलिका कहिले बनाउनु हुन्छ ?
दिक्तेलबजार स्थापना भएदेखिको फोहोर हामीले बृहत सरसफाइ सप्ताह आयोजना गरेर उठायौं । वास्तवमा घरको बुइगल र भ¥याङको चेपमा राखेको कयौं वर्षदेखिको फोहोर हामीले व्यवस्थापन गरेका छौ । अब हामी फोहोर व्यवस्थापनको नया“ मोडलमा गएर सरसफाइको कामलाई निरन्तरता दिने छौ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित