खोटेहाङ गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, शिक्षकले छोरा–छोरीलाई निजी विद्यालयमा पढाउँन नपाउँने

  • प्रकाशित मितिः चैत्र १९, २०८०
  • 84 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १९–खोटेहाङ गाउँपालिकाले सरकारी कर्मचारी, शिक्षक तथा निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा पढाउँनु पर्ने निर्णय गरेको छ । चैत १९ सूचना जारी गर्दै गाउँपालिकाबाट तलव, भत्ता लगायतका आर्थिक सुविधा प्राप्त गर्नेहरूले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउँनु पर्ने जनाएको हो ।
गत चैत ८ गतेको गाउँकार्यपालिकाको बैठकले सबै प्रकारका कर्मचारी, शिक्षक तथा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी शैक्षिक सत्र २०८१ मा आफ्ना बालबालिकालाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न समेत अनुरोध गरिएको छ ।
शिक्षा समितिका संयोजक तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका वडाअध्यक्ष वसन्त राईका अनुसार सामुदायिक विद्यालयहको गुणस्तर सुधारका लागि यो नीति अवलम्वन गरिएको हो । यसको कार्यान्वयनका लागि राजनीतिक दल, नागरिक समाज, शिक्षाप्रेमी लगायत सरोकारवालाहरूसमक्ष अपिल समेत गरिएको राईले सुनाए । यदी कसैले यसको उलङ्घन गरे सम्वन्धित व्यक्तिको तलव, भत्ता लगायतका सेवा सुविधा रोकिने समेत गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित