केपिलासगढी गाउँपालिकाका २९ सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर

  • प्रकाशित मितिः चैत्र १७, २०८०
  • 112 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १७–केपिलासगढी गाउँपालिकाले पालिकाभित्रका २९ सामुदायिक विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । शैक्षिक गुणस्तर बढाउँन आधारभूत तहका २९ विद्यालयलाई एक–एक थान ल्यापटप र एक एक थान प्रिन्टर चैत १६ गते वितरण गरेको हो ।


राष्ट्रिय सूचना आयोगबाट प्राप्त २८ लाख ८१ हजार पाँच सय रूपैयाँ बजेटबाट गाउँपालिकाले ‘आइसिटी एजुकेसन एण्ड डिजिटल क्लास रुम’ कार्यक्रम अन्तरगत ल्यापटप र प्रिन्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । ‘अब केपिलासगढी गाउँपालिकाको हरेक विद्यालयमा इन्टरनेटको प्रयोग गरेर स्मार्टबोर्डबाट पठन–पाठन गराइने छ ।’ राईले भने–‘अबको युगमा हरेक विद्यालयमा प्रविधिलाई उपयोग गरेर पठन–पाठन होस् भनेर सामग्री दिइएको हो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित