थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित
- प्रकाशित मितिः माघ २८, २०७५
- 1924 पटक पढिएको
- संवादताता
भूमिका न्यौपाने-
खोटेहाङ (खोटाङ) माघ २८–जिल्लाको दक्षिणी क्षेत्रको थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित भएका छन् । नेपाल वायु सेवा निगमले माघ २८ गते परीक्षण उडान भरेपछि स्थानीय हर्षित भएका हुन् ।
खोटेहाङ गाउ“पालिका–४ बडकादियालेस्थित उक्त विमानस्थलको कालोपत्रेको काम सकिएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका टोली सहित निगमले परीक्षण उडान भरेको हो ।नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार लागतमा गत असार मसान्तसम्ममा सक्ने गरी २०७३ सालबाट रौता कन्ट्रक्सनले कालोपत्रेको काम काम सुरु गरेको थियो । यद्यपि काम भने भर्खरै सकिएको छ । बेलामा काम नसक्दा स्थानीयले मार खेपेका थिए ।
परीक्षण उडानपछि उद्घाटन कार्यक्रममा बोल्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनावताका गरेका सबै प्रतिबद्धताहरु पूरा हुदै जाने दाबी गरे । यसका लागि आगामी जेठ १५ मा हुने बजेटमा समावेश गरेर चुनावताका गरेका सबै प्रतिबद्धताहरु धमाधम पूरा गर्ने बताए । ‘यो सरकार जनताको सरकार हो ।’ पर्यटनमन्त्री अधिकारीले भने–‘त्यसैले चुनावताका जनताको अगाडि गरेका सबै प्रतिबद्धताहरु गम्भिरतापूर्वक पूरा पर्ने छ ।’
पर्यटनमन्त्री अधिकारीले थामखर्क विमानस्थल मुलुकभर सञ्चालनमा आएका ३२ औं भएको उल्लेख गर्दै यसको अन्य संरचनाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । यसका साथै खोटाङका तीन विमानस्थलमध्ये कालोपत्रेको काम भइरहेको लामीडाडा“ विमानस्थल दुई महिनाभित्र र भत्किएर निर्माणाधीन अवस्थामा रहेको मनमाया“ राई खानीडाडा“ विमानस्थल पनि एक वर्षभित्र सञ्चालनमा आउने आश्वासन दिए । खोटाङका तीनै वटा विमानस्थल सञ्चालनसंगै प्रशिद्ध हलेसी, बराहापोखरी लगायतका पर्यटन विकासमा मन्त्रालयको तर्फबाट यथोचित कदम चालिने बताए ।
नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्क विमानस्थलमा हप्तामा दुई चोटी उडान भर्ने गरी तालिका निर्माण गरिने बताए । यद्यपि कुन–कुन बार उडान सञ्चालन गर्ने भन्ने टुङ्गो भने भैनसकेको खरेलले सुनाए । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले थामखर्क विमानस्थलका लागि आवश्यक संरचना सबै निर्माण गर्ने बताए । परीक्षण उडानमा प्रतिनिधिसभा सदस्यहरु विशाल भट्टराई र हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई लगायतको समेत थिए । परीक्षण उडान तथा उद्घाटन कार्यक्रममा विभिन्न झाकी प्रस्तुत गरिएको थियो ।
बेलामा काम नसकेको बारे चौतर्फी आलोचना भएको थियो । स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचारको राम्रो व्यवस्था नभएको र सडक अभावले उपचारकै लागि समेत अन्यत्र जान समस्या थियो । निर्माण कम्पनीको ढिलासुस्तीले खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम नसकिदा खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउ“पालिकाका सर्वसाधारण आक्रोसित थिए ।