खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट विभिन्न सामग्री बनाउँने तालिम चैत १४ गते समापन भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष एक लाख रूपैयाँको लागतमा उक्त तालिम दिइएको हो ।
स्थानीय कच्चा पदार्थको उपयोग गरी आयआर्जनको मेसो बसाउँन पुनर्ताजगी तालिम दिइएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । गत आर्थिक वर्ष पनि गाउँपालिकाकै तीन लाख ५० हजार रूपैयाँबाट बाँसबाट सामग्री बनाउँने आधारभूत तालिम दिइएको खड्काले सुनाए । गत वर्षको तालिमपछि बाँसबाट आकर्षक सामग्री बनाएर आयआर्जन समेत गरेकाले थप शिप विकासका लागि पुनर्ताजगी तालिम दिइएको खड्काले सुनाए ।
गत वर्ष आधारभूत तालिम लिएका ९ जनालाई नै यो वर्ष पुनर्ताजगी तालिम दिइएको खड्काले बताए । उनीहरूले बाँसबाट फर्निचर, फूलदानी, कलमदानी, कप, मक लगायतका विभिन्न आकर्षक सामग्री बनाएका छन् । उनीहरूले बनाएको बाँसका सामग्री काठमाडौं, धरान, गाइघाट लगायतका ठाउँहरूमा विक्री हुने खड्काले जनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित