नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १२–दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भडारेघाटस्थित पञ्चकौशिका माविमा कक्षा ९ मा अध्ययरत १७ वर्षीया ललिता राई माझी दुई दिनको शिशु बोकेर परीक्षा दिएकी छन् । चैत २ गते छोरी जन्म दिएकी उनी चैत ४ गतेदेखि भएको कक्षा ९ को परीक्षा दिइरहेकी हुन् ।
उदयपुर लिम्चुङबुङ गाउँपालिका बासबोटेकी उनले कक्षा ८ मा अध्ययन गर्दा गर्दै भडारेघाटका दिलकुमार माझीसंग प्रेम विवाह गरेकी हुन् । त्यसपछि कक्षा ९ मा भर्ना गरेकी उनी कक्षामा नियमित उपस्थित हुने र पढाइमा पनि अब्बल रहेको प्रअ पवन बस्नेतले बताए । ‘ललिता सुत्केरी भएपछि लेख्न सक्छिन् भने घरमै परीक्षा दिने वातावरण मिलाउँने र सक्दिनन् भने केही समयपछि परीक्षा दिने व्यवस्था मिलाउने भनेका थियौं तर अन्य साथीहरूसंगै परीक्षा दिन्छु भनिन् ।’ उनले भने–‘अहिले परीक्षा दिदै छिन्, बच्चा रोएको बेला फुल्याउदै लेख्छिन् ।’
गत चैत ४ गते सुरु भएको पालिकास्तरीय परीक्षा चैत १२ गते सकिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित