लोपोन्मुख रेडपाण्डा संरक्षमा जुटे स्थानीय

  • प्रकाशित मितिः चैत्र ९, २०८०
  • 148 पटक पढिएको
  • संवादताता

खोटाङ, चैत ९–जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–१ फेदी र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित स्थानीय लोपोन्मुख रेडपाण्डा संरक्षणमा जुटेका छन् । फेदीको फुङ्गालुङ, बगाले पाथेकाको कोप्चे र मेरुङ सामुदायिक वनमा पाइने रेडपाण्डा संरक्षण स्थानीय जुटेका हुन् ।
फेदीको फुङ्गालुङ र बगाले सामुदायिक वनको रेडपाण्डा संरक्षणका लागि ९–९ जनाको चोरी शिकारी नियन्त्रण समिति बनाइएको छ । पाथेकाको कोप्चे र मेरुङ सामुदायिक वनको रेडपाण्डा संरक्षणका लागि ११–११ जनाको चोरी शिकारी नियन्त्रण समिति बनाइएको छ । लोपोन्मुख रेडपाण्डा संरक्षण गरी पर्यटन प्रबद्र्धन गर्नुका साथै पर्यावरणलाई समेत सघाउ पु¥याउँने भएकाले संरक्षण गरिएको स्थानीय ज्ञानकुमार राईले बताए ।
उक्त सामुदायिक वनहरूमा पाइने रेडपाण्डा संरक्षणका लागि हेरालुको समेत व्यवस्था गरिएको छ । फुङ्गालुङ सामुदायिक वनमा पञ्चकेशर राई र ओमराज राई, बगाले सामुदायिक वनमा मिङ्मार शेर्पा र बखतबहादुर राई, कोप्चे सामुदायिक वनमा टिकाराम राई र रामकुमार राई तथा मेरुङ सामुदायिक वनमा पुष्पलाल गिरी र मणिप्रसाद राईलाई हेरालु राखिएको हो ।
यहा“को रेडपाण्डा संरक्षणमा जुटेका स्थानीयलाई रेडपाण्डा नेटवर्क र जनकल्याण समाज नेपालले समेत सहयोग गरेको छ । स्थानीय, रेडपाण्डा नेटवर्क र जनकल्याण समाज नेपालको सहकार्यमा स्थानीयको सहकार्यमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । यसअन्तरगत रेडपाण्डाबारे अध्ययन, अनुसन्धान गर्दै यसको संरक्षणमा आवश्यक विभिन्न कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम अधिकृत तेजविनोद पोखरेलले बताए ।
रेडपाण्डा संरक्षणका लागि चार वर्षअघि केपिलासगढी गाउँपालिकाले दुई लाख र पाँच वर्ष अघि डिभिजन वन कार्यालय खोटाङले ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । त्यसले जनचेतनामुलक कार्यक्रम तथा होर्डिङ बोर्डहरु बनाएर ठाउँ–ठाउँमा राखिएको थियो ।
यसबाहेक रेडपाण्डा जोगाउँन केपिलासगढी गाउँपालिका–१ फेदीले तीन वर्षअघि रेडपाण्डाको फोटो तथा भिडियो उपलब्ध गराउँनेलाई पुरस्कृत समेत गरिएको थियो । स्थानीय छिमालुङ सामुदायिक वनमा पाइएको रेडपाण्डाको फोटो र भिडियो उपलब्ध गराउने स्थानीय पञ्चकेशर राईलाई पाँच हजार रूपैयाँले पुरस्कृत गरिएको थियो ।
केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा पाइने रेडपाण्डा भने चोरी शिकारीले सखाप परेको स्थानीयको भनाई छ । सुङ्देलको दयालुबमा, देवीखर्क र बुङ्बुङ्गे सामुदायिक वनमा रेडपाण्डा भए पनि चोरी शिकारीले सखाप पारेको स्थानीय भूपिन्द्र कोयी राईको गुनासो छ । ‘अहिले त चोरी शिकारीले गर्दा रेडपाण्डा सकिहाल्यो नि ।’ कोयी राईले भने–‘पहिले त संरक्षण गर्नु पर्छ भनेर होर्डिङबोर्ड राखेको देखिन्ज्यो, रेडपाण्डा पनि थुप्रो थियो, अहिले न रेडपाण्डा देखिन्छ, न संरक्षण नै ।’
इकान्तिपुरबाट साभार

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित