हलेसी तुवाचुङ नगरपालिकाका आमा समूहलाई बीऊ पूँजी वितरण

  • प्रकाशित मितिः चैत्र ८, २०८०
  • 200 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ८–हलेसी तुवाचुङ नगरपालिकाले आयआर्जनका लागि आमा समूहहरूलाई बीऊ पूँजी वितरण गरेको छ । यहाँका आमा समूहमा आवद्ध विभिन्न पेशा व्यवसाय गरी आयआर्जन गर्न थप मद्दत गर्न बीऊ पूँजी वितरण गरेको हो ।
आमा समूहमा आवद्ध सदस्यले आयआर्जनका लागि कम ब्याजदरमा समूहको जमानीमा ऋण लिने र यसबाट विभिन्न पेशा व्यवसाय गरेर आय आर्जन गर्दै आएकाले उनीहरूलाई थप मद्दत गर्न नगरपालिकाले बीऊ पूँजी वितरण गरेको नगरप्रमुख विमला राईले बताइन् । ‘उद्यमी महिलाहरूलाई थोरै रकमले पनि समस्या पर्छ ।’ राईले भनिन्–‘यसैलाई मध्यनजर गरेर बीऊ पूँजी वितरण गरिएको हो ।’
नगरक्षेत्रभित्र १४ आमा समूहलाई एक लाख रूपैयाँका दरले बीऊ पूँजी वितरण गरिएको राईले बताइन् । बीऊ पूँजी नमासी समूहका सदस्यहरूलाई ऋण प्रवाह गर्न पाउने छन् । उक्त ऋण बैंकको भन्दा कम हुने राईले सुनाइन् । यसले नगरक्षेत्रभित्रका करिब तीन सय महिला उद्यमीहरूको पेशा–व्यवसाय प्रबद्र्धन हुने राईले बताइन् । ‘महिला उद्यमीहरूको आयआर्जनका लागि विभिन्न पेशा–व्यवसाय सञ्चालन र प्रबद्र्धनका लागि बैंकको ब्याज दरभन्दा कममा ऋण दिने व्यवस्था गरिएको छ ।’ राईले भनिन्–‘महिलाहरूको आय आर्जन बिना राजनीतिमा मात्र नभएर अन्य क्षेत्रमा पनि अघि बढ्न नसक्ने भएकाले आजआर्जनमा टेवा पु¥याउँन यसो गरिएको हो ।’
यहाँका आमा समूहहरूले मासिक १०–२० रूपैयाँ सङ्कलन गरेर समूहबाट ऋण लिने र त्यसले व्यवसायिक गर्जो टार्दै आएको र यसले सामुहिक समस्या समाधान गर्ने संस्कारको विकास भएकाले यसलाई थप सहयोग गरिएको राईको भनाई छ । यसबाट नगरको समृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएको राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित