नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ५–दिक्तेल रूपाकोट मझुुवागढी नगरपालिका–२ सोल्मामा तोरीको तेल पेल्ने मिल चैत ५ गते उद्घाटन गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ६ लाख अनुदान (७५ प्रतिशत) र सम्वन्धित सञ्चालकको एक लाख ५० हजार (२५ प्रतिशत) गरी सात लाख ५० हजार रूपैयाँको लागतमा मिल सुरु गरिएको हो ।

ग्राहकलाई तोरीको शुद्ध तेल दिने उद्देश्यले मिल सञ्चालन गरिएको सञ्चालक दिपेन्द्र राईले बताए । तोरीको शुद्ध तेलको माग राम्रो भएकाले मिलबाट राम्रो आम्दानी हुने देखिन्छ । तर तोरी उत्पादन भने न्युन भएकाले अन्यत्रबाट ल्याउनु पर्ने अवस्था छ । यसका लागि नगरभित्रका कृषकलाई तोरी उत्पादनप्रति जागरुक बनाउनु पर्ने देखिएको छ । उक्त मिलको उद्घाटन नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित