साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँको सरस्वती आधारभूत विद्यालयलाई आर्थिक सहयोग

  • प्रकाशित मितिः चैत्र १, २०८०
  • 77 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १–साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँको डाडाँगाउँस्थित सरस्व्ती आधारभूत विद्यालयलाई आर्थिक सहयोग जुटेको छ । आफू जन्मिएको ठाउँको विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पु¥याउने उद्देश्यले युके निवासी वकिङ नेप्लिज समाजका निवर्तमान अध्यक्ष तथा किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष आशा राई र उनका श्रीमान शैकुमार राईले ५१ हजार १०१ रुपैंयाँ सहयोग गरेका हुन् ।
त्‍यस्तै किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष अनिता राई र उनका श्रीमान गजेन्द्र राईले ५० हजार १५५ रुपैंया सहयोग गरेका छन् । आफ्नो स्वर्गीय बुवा राजबहादुर राई र स्वर्गीय आमा सुखलक्षी राईको सम्झनामा सहयोग उपलब्ध गराएका हुन् । साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोगीद्वय आशा राई र अनिता राईले उक्त विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत १८ जना बालबालिकालाई ट्रयाकसुट समेत वितरण गरेका छन् । उनीहरुले उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सल र गल्फन लगाएर सम्मान समेत गरेका छन् ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक सहयोग गर्नेहरूप्रति धन्यवाद दिदै आजको बालबालिका भोलिका कर्णधार भएको हुनाले उनीहरुको वृत्तिविकासमा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए । यसका लागि राज्यको शिक्षा नीति, पाठ्यक्रम, शिक्षण सिकाइ विधि, मूल्याङ्कन पद्धतिले निर्धारण गर्ने भएकाले नैतिक र व्यवहारिक शिक्षाको पाठ्यक्रम चाँडै तयार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित