सालपा विकास बैंकले कार्यक्षेत्र विस्तार गर्ने

  • प्रकाशित मितिः फाल्गुन २७, २०८०
  • 220 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २७–सालपा विकास बैंकले कार्यक्षेत्र विस्तार गर्ने नीति पारित गरेको छ । खोटाङ मात्रै कार्यक्षेत्र रहेको उक्त बैंकले ११ औं साधारणमार्फत उदयपुर, सुनसरी, झापा र मोरङमा कार्य क्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकको आइपियो खुलाएर हालको ३५ करोड चुक्ता पुँजीलाई बढाएर ५२ करोड २३ लाख ८८ हजार पु¥याउने निर्णय गरिएको बैंक प्रबन्धक दीपकर राईले बताए । उनका अनुसार १७ करोड २३ लाख ८८ हजारको आइपिओ जारी गरी बैंकको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको छ ।
बैंकले आगामी चैतभित्र मोबाईल बैंकिङ सेवा सुरु गर्ने निर्णय गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङबासीकै लगानीमा २०६९ साउन ३ गतेदेखि उक्त बैंकले कारोबार सुरु गरिको थियो । यो बैंकले हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, खोटेहाङ गाउँपालिकाको सिमपानी, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी र केपिलासगढी गाउँपालिकाको बाक्सिलामा शाखा विस्तार गरी कारोबार गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त बैंकमा अहिलेसम्म ६८ जिल्लाका ३ हजार ४९० शेयर सदस्य रहेको राईले बताए । उक्त बैंकको ८८ करोड ४५ लाख निक्षेप संकलन गरेको छ । बैंकले ७८ करोड ६७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कृषि कर्जा, व्यापारिक कर्जा, व्यक्तिगत कर्जा, विपन्न कर्जा प्रवाह गर्दै आएको बैंकका अध्यक्ष टंक राईले बताए । ६८ जिल्लाको तीन हजार चार सय ९० संस्थापक शेयर धनीबाट ३५ करोड शेयर शेयर लगानी छ ।
बैंकले स्वस्थ बैंकिङ प्रतिष्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन भएको निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रबद्र्धनका लागि सुलभ व्याज दरमा कर्जा उपलव्ध गराउँदै आएको राईले बताए । बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषण लगायतका सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित