किसानलाई बिउ–बोका वितरण

  • प्रकाशित मितिः फाल्गुन २७, २०८०
  • 690 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई बिउ–बोका वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट फागुन २७ गते किसानलाई बिउ बोका वितरण गरेको हो ।
नगरपालिकाको कृषि तथा पशुपक्षी क्षेत्र विकास कार्यक्रम अन्तरगतको तीन लाख ४८ हजार बराबरको १३ वटा फर्म तथा किसानलाई बिउ–बोका वितरण गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विसन राईले बताए । यसमध्ये नगरपालिकाको दुई लाख ५० हजार (७२ प्रतिशत) र किसानको तर्फबाट ९८ हजार पा“च सय (२८ प्रतिशत) लगानी भएको उपप्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित