तालिमले सिकायो बाँसबाट आकर्षक सामाग्री बनाउन

  • प्रकाशित मितिः फाल्गुन २४, २०८०
  • 538 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २४–हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा बाँसबाट निर्मित विभिन्न सामाग्री बनाउँन तालिम समापन भएको छ । विदेश गएर आएका, आर्थिक अवस्था कमजोर भएका दलित, जनजाति, एकल महिलाहरूलाई लक्षित गरी एक महिनाअघि सुरु तालिम फागुन २३ गते समापन गरिएको हो ।
यो तालिममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार, ४ बडहरे र ५ दुर्छिमका दश जना सहभागी छन् । नगरपालिका प्रमुख विमला राईका अनुसार बाँसबाट विभिन्न सामाग्री बनाउँन सिकेका छन् । विभिन्न प्रकारका फर्निचरहरू, चिया विउने मक, फूल, फूलदानी लगायतका अन्य थुप्रै सामाग्री बनाउँन सिकेका छन् । घरेलु तथा साना उद्योग कार्यालय खोटाङको ७५ र नगरपालिकाको २५ प्रतिशत गरी करिब तीन लाख रूपैयाँको लागतमा उक्त तालिम गरिएको हो । प्रशिक्षकका लागि एक महिनाको तलव घरेलुले उपलब्ध गराएको राईले सुनाइन् । ‘तालिम सञ्चालनका लागि आवश्यक औजार उपकरणमा पनि घरेलुले ७५ र नगरपालिकाले २५ प्रतिशत ब्यहोरेको छ’–राईले भनिन् ।


तालिमका सहभागीहरूले आफूहरू निर्माण गरेका सामाग्रीको बजारीकरण र औजार उपकरणमा नगरपालिकाले सहयोग गर्नु पर्ने बताएका छन् । तालिम लिएकाहरूले उद्योग सञ्चालन गरे प्रोत्साहन स्वरूप नगरपालिकाले सहयोग गर्ने राईले बताइन् । ‘तालिममा सिकेको सिप उद्योगको रूपमा सञ्चालन गर्न चाहनेलाई प्रोत्साहन स्वरूप औजार उपकरण, बजारीकरण र उद्योग सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्ने छ ।’ राईले भनिन्–‘तालिमले स्थानीय उत्पादनलाई जोड दिदै रोजगारीको सम्भावनाको ढोका खुलेको छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित