ऐतिहासिक उत्सव

  • प्रकाशित मितिः माघ २३, २०७५
  • 1672 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, माघ २३–उसै त जालपा कहिल्यै पुगेकी थिइन । त्यहा“ लाटकोसेरो तथा हुच्चील उत्सव हुन्छ भन्ने सुन्नासाथ जाने रहर जाग्यो । माघ १८ र १९ गते भएको उत्सवको उद्घाटनको दिन दिक्तेलबाट हिडियो । हुर्लुङ पुगेपछि स्वागतको गेट टागि“एको थियो । अझ उत्सुकता जाग्दै गयो । परतिर पुगेपछि जालपाको सिमानामा वेलकम टु अर्गानिक भिलेज जालपा लेखिको थियो । त्यो शब्दले मन छोयो । हुन पनि निक्कै समय अगाडि नै अर्गानिक गाउ“ घोषणा भएको रहेछ । 
सडकको अवस्था बेहाल भएकाले यात्रा कष्टकर भए पनि कार्यक्रमको उत्सुकताले तानिरहेको थियो । करिब डेढ घण्टाको यात्रापछि कार्यक्रमस्थल पुगियो । त्यहा“ पुग्नासाथ अर्कै दुनिया“जस्तो अनुभूति भयो । बालबालिका, युवा–युवतीदेखि बृद्धसम्मको अनुहारमा हुच्चील तथा लाटकोसेरोको चित्र देखियो । जताततै लाटकोसेरो तथा हुच्चीलको चित्रै चित्र देखिन्थ्यो । लाटकोसेरो तथा हुच्चीलको स्तम्भ, लघु संग्रहालयदेखि विभिन्नथरिको लोभलाग्दो प्रदर्शनीले ध्यान तान्यो । कार्यक्रमको मञ्च पनि नौलो खालको थियो । मञ्चमा प्रस्तुत गरिएका गीत तथा ना“चहरु पूरै लाटकोसेरो तथा हुच्चीलमय थियो । भाषणको त कुरै छाडौं । अझ रमाइलो कुरा त जालपाको सांस्कृतिकपक्ष वास्तवमै अर्गानिक र भर्जिन लाग्यो । कार्यक्रममा प्रस्तुत गरिएका बिनायो, मुर्चुङ्गो, पिपिरी, एलम्बरबाजा, हा“कपारे अझै जीबित देखियो । साकेला, सालैजो, डम्फुसेलो, लाखे, मारुनी, वालन लगायतको प्रस्तुति उस्तै थियो । त्यस्तै लाथ्रोकाट्नेजस्ता खेल झन रमाइलो देखियो । यसले जालपा सांस्कृतिक पर्यटकीय गाउ“ रहेछ भन्ने पुष्टि गथ्र्यो ।
उत्सवमा खेलहरु पनि लाटकोसेरो तथा हुच्चीलमय नै थियो । त्यहा“ सञ्चालन गरिएको तिरमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य रमेश परियार, वडा नं–६ नेर्पाका वडा अध्यक्ष माधव राई समेत सहभागी हुन भ्याए । उक्त खेलमा उनीहरु फाइन पर्दा झन रमाइलो अनुभूति भएको थियो । 
जे होस् उत्सव उत्साहजनक भएको थियो । सबै पक्ष ध्यान तथा होस् पूर्वक गरेको देखिन्थ्यो । उक्त कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र प्रकृतिको साथीको संयुक्त आयोजनामा भएको थियो । उत्सवमा करिब झण्डै दश हजारले अवलोकन गरेको आयोजकको आ“कलन छ । 

औपचारिक कार्यक्रम :

लोपोन्मुख तर किसानका लागि अति उपयोगी लाटकोसेरो तथा हुच्चीलबारे जनचेतना जगाउ“न र पर्यटन प्रबद्र्धनका लागि उत्सव आयोजना गरिएको मुल आयोजक समितिका संयोजक विकाश राईले बताए । ‘लाटकोसेरो तथा हुच्चील किसानको साथी भएकाले त्यसको संरक्षणका लागि जनचेतना जगाउ“न उत्सव आयोजना गरिएको हो ।’ राईले भने–‘पर्यटन प्रबद्र्धनका लागि पनि उत्सव आयोजना गरिएको हो ।’
आयोजक मध्येका ‘प्रकृतिको साथी’का कार्यकारी निर्देशक राजु आचार्यले लाटकोसेरो तथा हुच्चील पर्यावरणका लागि नभई नहुने पंक्षी भएकाले यसको संरक्षणका लागि उत्सव आयोजना गरिएको बताए । विद्यालय तथा विभिन्न समुदायलाई जनचेतना फैलाउ“न उत्सव आयोजना गरिएको आचार्यले सुनाए । नेपालबाट वार्षिक दुई हजारको हाराहारिमा चोरी निकासी हुने भएकाले पनि संरक्षणमा जुटेको आचार्यले जनाए । यसका लागि सबै निकायको बेलैमा चेतना जाग्नु पर्ने समेत आचार्यले बताए । ‘लाटकोसेरो तथा हुच्चील पर्यावरणका लागि नभई नहुने पंछी हो ।’ आचार्यले भने–‘यसबारे जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मले बुझ्न जरुरी छ ।’
उत्सवको अवसरमा पा“च बुदे घोषणापत्र समेत पारित गरिएको छ । उक्त घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्दै हुच्चीललाई वडा पंक्षी घोषणा गरिएको छ । यसलाई नेपाल सरकारसंग अनुमोदन गराउने उल्लेख गरिएको छ । 
लाटकोसेरो तथा हुच्चील उत्सव प्रत्येक वर्षको फेबु्रवरीको पहिलो सुक्रबार र शनिबार जालपामा मनाउने घोषणा गरिएको छ । स्थानीय सरोकारवाला, जालपा माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय अन्तरगत गठित इको क्लबहरुको क्षमता अभिबृद्धि गर्दै प्रकृति संरक्षणमा सहभागी गराउने उल्लेख छ । उक्त वडामा गुलेली निषेधित क्षेत्र घोषणा गरिएको छ । यसक्षेत्रमा पाइने जैविक विविधताको अवथा थाहा नभएकाले चरा, स्तनधारी, उभयचर, वनस्पति लगायतका सम्पूर्ण जैविक विविधताको अध्ययन अनुसन्धान तथा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा नं १२ जालपाले नियमित रुपमा बजेट विनियोजन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
उत्सवको उद्घाटन मन्तव्यमा प्रमुख अतिथि विशाल भट्टराईले लाटकोसेरो तथा हुच्चील संरक्षणमा लाग्नु पर्नेमा जोड दिएका छन् । प्रकृति एउटा महत्वपूर्ण पक्ष भएकाले यसका लागि नीतिगत योजना निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व सभासद दुर्गाजयन्ती राईले प्रकृतिको संरक्षण र सांस्कृतिक पहिचानको व्यवस्थापन गर्नु पर्ने बताइन् । यसै आधारमा नीतिगत योजना बनाउ“नु पर्ने धारणा राखिन् । 
विशेष अतिथि प्रदेशसभा सदस्य राजन राईले लाटकोसेरो तथा हुच्चील संरक्षणका लागि उत्सवले सन्देश दिएको बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले उत्सव ऐतिहासिक र गरिमामय भएको धारणा व्यक्त गरे । संघीय समाजवादी फोरम नेपाल खोटाङका अध्यक्ष नवीन राईले लाटकोसेरो तथा हुच्चील उत्सवको सन्दर्भमा लोपोन्मुख सांस्कृतिक पक्ष जीवित रहेको र यसैको संरक्षणमा जनप्रतिनिधिहरु लाग्नु पर्ने धारणा राखे । राप्रपा खोटाङका नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडा अध्यक्ष ललितकुमार राईले उत्सव ऐतिहासिक र नमुनायोग्य भएको बताए । दुई दिने उत्सवमा प्रकृतिसम्वन्धी विज्ञहरुले धारणा राखेका थिए । जालपाका पढे लेखेका व्यक्तिहरु गाउ“मै रहनु र चेतना विकास तथा गाउ“प्रतिको लगावले उत्सव सफल रहेको प्रतिक्रिया आएको छ । पहिलो दिनको कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको अध्यक्षतामा भएको थियो भने दोश्रो दिनको कार्यक्रम उत्सव मुल आयोजक समितिका संयोजक राईको सभापतित्वमा भएको थियो । दोश्रो दिनको प्रमुख अतिथि खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल हुन् । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित