नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १९–सालपा विकास बैंक लिमिटेडको बैंकको निक्षेप ३ करोड ७४ लाख बढी पुगेको छ । फागुन १९ गते भएको ११ औं वार्षिक साधारण सभामा उक्त बैंको निक्षेप ३ करोड ७४ लाख ६३ हजार ६५१ पुगेको जनाएको हो ।
उक्त बैंकको कर्जा १३ करोड ८१ लाख ९७ हजार ९८९ रुपैयाँ लगानी गरेको जनाएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारासहित खोटाङबासीको सहकार्यमा २०६९ साल साउन ३ गतेदेखि दिक्तेलबाट बैंकिङ कारोबार शुरु गरेको बैंकले ३५ करोड चुक्ता पुँजी पु¥याउँन सफल भएको उक्त बैंकका सञ्चालक समितिका अध्यक्ष टंक राईले प्रतिवेदन प्रस्तुत गरेका छन् ।
साधारण सभाले प्रदेशस्तरको बैकमा स्तरोन्नति हुनको लागि न्युनतम जारी पूँजी १ अर्व २० करोड पु¥याउने नीति पारित गरको छ । जसमा संस्थापकहरुको तर्फबाट ८४ करोड पु¥याएपछि आइपियो मार्फत ३६ करोड जुटाउँने नीति पारित गरेको छ ।
बैंकको इजाजत प्राप्त कार्यक्षेत्र खोटाङ मात्र भएकाले जिल्लामा ६ वटा शाखाहरु विस्तार गरी सेवा प्रवाह गर्दै आएको बैंकले ३ करोड ७४ लाख ६३ हजार ६५१ निक्षेप संकलन र १३ करोड ८१ लाख ९७ हजार ९८९ रुपैया कर्जा लगानी गरेको जनाएको छ । उक्त कर्जाको रकम कुल कर्जाको १७.८७ प्रतिशत पुगेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजतपत्र प्राप्त बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषण लगायत आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
उक्त बैंकले स्थानीय सरकारबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता वितरणमा जिल्लाका १० पालिकामध्ये ५ वटा पालिका र २८ वटा वडाहरुमा सामाजिक सुरक्षा भक्ता वितरण गर्दै आएको जनाएको छ । उक्त बैंकमा पछिल्लो समय लगानीकर्ता बढन थालेका छन् । पछिल्लो समय ३ हजार ४ सय ९० जना नयाँ लगानीकर्ता आवद्ध भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउन्डेसनको सभा हलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित