नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ २१–कांग्रेसले खोटाङको दिक्तेलमा सोमबार विरोध प्रदर्शन गरेको छ । वर्तमान सरकार भ्रष्टचारी, बलात्कारी र स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउ“न उद्धत रहेको भन्दै विरोध प्रदर्शन गरेको हो ।
दिक्तेलबजार परिक्रमापछि स्थानीय हेलिप्याडमा विरोधसभामा परिणत भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेताहरुले सरकारको अधिनायकवादको विरोध गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेको छन् । कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य विष्णुकुमार राईले सरकारको रबैयाप्रति निरन्तर आन्दोलनमा उत्रने बताए । आन्दोलनले अन्ततः सरकार परास्त हुने राईले बताए ।
त्यस्तै कांग्रेसका अर्का महासमिति सदस्य सुवाशकुमार पोखरेलले वर्तमान सरकार राज्य आतङ्क, संसदीय मर्यादा उलङ्घन, हत्याहिंसा, वाइडबडी लगायतका भ्रष्टाचारीलाई कारबाहीको साटो सुरक्षा दिएको बताए । पूर्व सभासद सरस्वती बजिमय, दिनेश राई लगायतले पनि निर्मला पन्त हत्या प्रकरण, मुल्य बृद्धि, प्रेसमाथिको अङ्कुश लगायतका विषय लोकतन्त्रको मुल्य मान्यता विपरित भएको भन्दै विरोध जनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित