दिक्तेलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ‘वर्तमान राष्ट्रिय संकट र समाधान नेपाली विशेषताको समाजवाद’ विषयक अन्तक्रिया

  • प्रकाशित मितिः फाल्गुन २, २०८०
  • 327 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति खोटाङले ‘वर्तमान राष्ट्रिय संकट र समाधान नेपाली विशेषताको समाजवाद’ विषयक अन्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा फागुन २ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पाटीका पोलिटब्युरो सदस्य दिपेश सीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा राष्ट्रियता, राजनीति, आर्थिक, संस्कृति, शिक्षा, स्वास्थ्य, राज्यको षड्यन्त्रजस्ता विषयमा प्रकास पारिएको छ । यसको समाधानका लागि १२ बुदे धारणा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले माथिल्लो तहका नेताहरुले नै यसबारे जिम्मेवार हुनु पर्ने धारणा राखेका छन् । नेकपा एमाले खोटाङका अध्यक्ष राम दङ्गालले माथिल्ला तहका नेतृत्वहरुले यो विषयमा छलफल गर्नु पर्ने धारणा राखे । नेकपा माओवादी केन्द्र खोटाङका सचिव पार्टी भित्रको कमी–कमजोरीलाई औल्याउँनु पर्ने धारणा राखे । कार्यक्रममा एमाले खोटाङका अध्यक्ष राम दङ्गाल, कांग्रेसका दुर्गाप्रसाद घिमिरे, माओवादीका जिल्ला सचिव जीवन राई ‘संगीन’, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङ, नेकपाका सगरमाथा ब्युरो सदस्य सैलेश सी लगायतको सहभागिता थियो । सुदीप सीको अध्यक्षतामा भएको कार्यक्रम सन्जीव सीले सञ्चालन गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित