२९ औं जनयुद्ध दिवसको अवसरमा फलफूल वितरण र दीप प्रज्ज्वलन

  • प्रकाशित मितिः फाल्गुन १, २०८०
  • 147 पटक पढिएको
  • संवादताता

सविना अछामे/दिनेश चाम्लिङ–
खोटाङ, फागुन १–२९ औं जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल) खोटाङले जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, अङ्गुर, सुन्तला लगायत विभिन्न प्रकारका फलफूल वितरण गरिएको हो ।


वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर समितिका अध्यक्ष भूपेन्द्र राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, वडा नं. ४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, नगरकार्यपालिका सदस्य राम हिङमाङ, जिल्ला अस्पताल दिक्तेलका डाक्टर रुपेश सङ्ग्रौला, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले बिरामीलाई फलफूल दिएर बिरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।


त्यस्तै जनयुद्ध दिवसकै अवसरमा अखिल क्रान्तिकारी र वाइसियल नेपाल खोटाङले दिक्तेलको किरात चौकमा दीप प्रज्ज्वलन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी विप्लवका पोलिटब्युरो सदस्य दिपेश सी, अतिथिहरू नेकपा माओवादी केन्द्र खोटाङका सचिव जीवन राई ‘संगीन’, वाइसीयल इन्चार्ज ‘आदेश’ले जनयुद्ध दिवसको बारेमा धारणा राखेका थिए । कार्यक्रम डार्बिन चाम्लिङले सञ्चालन गरेका थिए ।


खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा पनि दीप प्रज्ज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र खोटेहाङ इन्चार्ज तथा गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’ नेकपा माओवादी केन्द्र खोटेहाङ अध्यक्ष दिपेन थुलुङ लगायत नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित