२९ औं जनयुद्ध दिवस : खुला कविता प्रतियोगितामा सुशिला तिम्सिना प्रथम भइन्

  • प्रकाशित मितिः फाल्गुन १, २०८०
  • 112 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १–२९ औं जनयुद्ध दिवसको अवसरमा आयोजित खुला कविता प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुशिला तिम्सिना प्रथम भएकी छन् । ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङले फागुन १ गते दिक्तेलमा आयोजना गरेको ‘शहीद शीर्षक’को खुला कविता प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
प्रतिष्ठानका अध्यक्ष सुरेश राईको अध्यक्षतामा भएको प्रतियोगितामा दोश्रो हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी हमिता विश्वकर्मा र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ज्ञानदीप चाम्लिङ तेश्रो भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका धनिराम राई र वडा नं २ सोल्माका अमर श्रेष्ठ सान्त्वना घोषित भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद सात हजार, दोश्रो हुनेले पाँच हजार, तेश्रो हुनेले तीन हजार र सान्त्वना हुनेलाई एक हजार सहित प्रमाण–पत्र प्रदान गरिएको छ । रामबिक्रम थापा, एमसी सुमित र रेखा राई ‘क्षितिज’को निर्णायकत्वमा कविता प्रतियोगिता भएको हो । कार्यक्रममा साहित्यकार एवम् कवि नरेन्द्र निर्भिकार, रामबिक्रम थापा, एमसी सुमित, रेखा राई ‘क्षितिज’, कृष्ण बुढाथोकी, रोशनकिशोर राई, ओमप्रकाश घिमिरे, भीम राई लगायतले सिर्जना सुनाएका थिए । प्रतियोगितामा १४ जना प्रतियोगीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित