खोटाङमा एक अर्ब ५ करोड बढीको अलैची उत्पादन

  • प्रकाशित मितिः माघ २२, २०८०
  • 156 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २२–जिल्लामा एक अर्ब ५ करोड बढीको अलैची उत्पादन भएको छ । जिल्लाको एक हजार ६५ हेक्टरमा छ सय १.६४ मेट्रिकटन अलैची उत्पादन हु“दा एक अर्ब ५ करोड २८ लाख ७० हजार रूपैया“को अलैची उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका प्रँविधिक सहायक कृष्ण तामाङका अनुसार सबै भन्दा बढी केपिलासगढी गाउ“पालिकामा उत्पादन भएको छ । उक्त पालिकाको छ सय नौ हेक्टरमा तीन सय ४४ दशमलव नौ मेट्रिकटन अलैची उत्पादन भएको छ । खोटेहाङ गाउ“पालिकामा दुई सय ९६ हेक्टरमा एक सय ६७ दशमलव २४ मेट्रिकटन अलैची उत्पादन भएको छ ।
साकेला गाउ“पालिकामा ४० हेक्टरमा २५.९९ मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ४५ हेक्टरमा २५.४३ मेट्रिकटन अलैची उत्पादन भएको तामाङले बताए । बराहापोखरी गाउ“पालिकामा २५ हेक्टरमा १४.१३ मेट्रिकटन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १७ हेक्टरमा ९.५२ मेट्रिकटन, ऐसेलुखर्क गाउ“पालिकामा १५ हेक्टरमा ८.४८ मेट्रिकटन, जन्तेढुङ्गा गाउ“पालिकामा १० हेक्टरमा ५.६५ मेट्रिकटन र रावाबेसी गाउ“पालिकामा दुई हेक्टरमा १.१३ मेट्रिकटन अलैची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङको रेकर्डमा उल्लेख छ ।
केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीमा तीन करोड रूपैया“ भित्रिएको वडा अध्यक्ष निरकुमार राईले बताए । यो वर्ष अघिल्लो वर्षको तुलनामा अलैची उत्पादन बढेको वडाअध्यक्ष राईले बताए । उनका अनुसार यो वर्ष दश प्रतिशतले अलैची उत्पादनमा बृद्धि भएको छ । यसबाट राम्रो आम्दानी भएको उनको भनाई छ । ‘पोहोरको तुलनामा यो वर्ष दश प्रतिशतले अलैची उत्पादन बढेको छ ।’ राईले भने–‘ठेकेदारले घरमै आएर प्रतिमन ६७ हजारले ठेगेर लग्यो ।’
उक्त पालिकाकै वडा नं ७ सुङदेलमा पनि अलैची उत्पादन बढेको छ । उक्त वडामा एक करोड ६३ लाख रूपैया“को अलैची निकासी भएको स्थानीय भूपिन्द्र कोयी राईले बताए । सुङ्देलमा गत वर्षको तुलनामा उत्पादन घटे पनि मुल्य पाएकाले राम्रो आम्दानी भएको उनको भनाई छ । ‘पोहोरको तुलनामा तीन डबलले नै उत्पादन घटे पनि मुल्य पाएकाले राम्रो आम्दानी भयो ।’ उनले भने–‘यो वर्ष प्रतिमन ७० हजारले किनबेच भयो ।’
खोटेहाङ गाउ“पालिका–३ सावाकटहरेका किसानले पनि अलैचीबाट मनग्गे आम्दानी गरेका छन् । उक्त वडामा तीन करोड ५० लाख रूपैया“ भित्रिएको गाउ“पालिका अध्यक्ष उदीमबहादुर राईले बताए । ‘हाम्रो एउटै वडामा पा“च सय मन भन्दा बढी अलैची बिक्री भएको छ ।’ उनले भने–‘पहिल्लो अवधिमा प्रतिमन ७५ हजारले पनि बिक्री हु“दा तीन करोड ५० लाख रूपैया“को अलैची निकासी भएको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित