सरकार विरुद्ध खोटाङमा राके जुलुस

  • प्रकाशित मितिः माघ १७, २०७५
  • 1886 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १७–नेविसंघ खोटाङले सरकार विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरेको छ । वर्तमान सरकारले जबरजस्त स्वास्थ्य विधेयक पारित लागयतका अनगिन्ती जनता विरोधी कदम चालेको भन्दै बिहीबार साझ दिक्तेल बजारमा राके जु्लु्स प्रदर्शन गरेको हो ।
नेविसंघले कन्चनपुरकी निर्मला पन्तका हत्या, वाइडबडी प्रकरण तथा अचाक्ली महङ्गीले वर्तमान सरकार नालायक सावित भएको भन्दै त्यसको विरोधमा राके जुलुस प्रदर्शन गरेको नेविसंघ खोटाङका उपाध्यक्ष नयन्द्र राईले बताए । दिक्तेलको भवन गैराबाट सुरु भएको राके जुलुस दिक्तेलको केन्द्र त्रिवेणीचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित