शिक्षाको गुणस्तर विकासमा योगदान पुर्याउने सम्मानित

  • प्रकाशित मितिः असार १९, २०७५
  • 1214 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षाको गुणस्तरलाई ध्यानमा राखेर त्यसको विकासमा योगदान दिनेहरुलाई पुरस्कृत गरेको छ । उसले स्थानीय तह लागूपछि पदभार संहालेको एक वर्ष पूरा भएको अवसरमा आयोजित वार्षिक उत्सवमा उत्कृष्ट शिक्षक सावित्रा मावि बाम्राङका प्रअ शरणबहादुर खत्री, उत्कृष्ट विद्यालय ज्योति मावि जालपा र सामुदायिक विद्यालयहरुमध्येबाट एसइइमा उत्कृष्ट पञ्च माविका सविन पोखरेल र सन्जीला बानियालाई पुरस्कृत गरेको हो । उत्कृष्ट शिक्षक खत्रीलाई नगद ५० हजार, उत्कृष्ट विद्यालय ज्योति माविलाई ५० हजार र उत्कृष्ट विद्यार्थीद्वयलाई पाच/पाच हजार रुपैया“ सहित प्रमाणपत्रले सम्मान गरेको हो ।
त्यसो त नगरपालिकाले शिक्षाको गुणस्तर विकासका लागि शिक्षा नियमावली पारित गरिसकेको छ । त्यसपछि शिक्षा नियमावली त्यसै आधारमा गुणस्तरीय शिक्षाको मेसो बसेको छ । शिक्षाविद विद्यानाथ कोइराला नेतृत्वको सहितको बृहत शैक्षिक सेमिनार आयोजना गरी शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरुले आचार संहितामा हस्ताक्षर गरेका छन् । योसंगै माघ २७ गते पारित शिक्षा नियमावली कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

के छ त शिक्षा नियमावलीमा ? :

नियमावलीमा नगरपालिकाभित्र सञ्चालित विद्यालयका शिक्षक अब कुनै पनि पार्टीको कुनै पनि पदमा रहन नपाइने व्यवस्था गरिएको छ । नियमावलीमा निजामती सोशरह शिक्षकहरुको बिदा र सेवा सुविधाको व्यवस्था गरेको छ । सुत्केरी बिदा ९८ दिन र सुत्केरी बिदा लिएको अवस्थामा दुई वटा बच्चासम्मको लागि बिदाको सुविधाका साथ पा“च हजार सुत्केरी खर्चको व्यवस्था गरेको छ । कुनै विद्यालयमा एक मात्र शिक्षिका भएको र त्यो शिक्षिका सुत्केरी भएर ९८ दिन विद्यालय बन्द हुने अवस्था आएमा नगरले जगेरा शिक्षक कोषको स्थापना गरी त्यस्तो विद्यालयमा जगेरा शिक्षकलाई पठाएर नियमित पठनपाठन सुचारु गर्ने व्यवस्था गरेको छ । 
शिक्षकहरुको प्रोत्साहनका लागि नगरको हकमा नगर शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको विज्ञ र वडाको हकमा वडा शिक्षक समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको विज्ञको सहभागितामा मापदण्ड बनाएर शिक्षकहरुको मुल्याङ्कन नियमित रुपमा गर्ने र मुल्याङ्कनका आधारमा हरेक नगर र वडाका उत्कृष्ट शिक्षक, उत्कृष्ट प्रधानाध्यापक र हरेक वडाका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने छ । नगरभित्र शिक्षकहरुको पदपूर्ती गर्नुपरे नगरभित्र परीक्षा गराएर पदपूर्ती गर्ने व्यवस्था गरेको छ । तर स्थानीय अस्थायी कर्मचारीको हकमा सम्बन्धित वडाको विद्यालय, स्रोतकेन्द्र र वडामा सचिवालय रहेर छनौट गर्ने व्यवस्था गरेको छ । नगरले सार्वजनिक गरेको नगर शिक्षा नियामावलीमा नगरका प्रत्येक वडामा वडा शिक्षा समितिको व्यवस्था हुने, नीति, नियम, र योजना बनाउने काम वडा शिक्षा समितिले र नगर शिक्षा समितिले गर्ने र कार्यान्वयन नगरको शिक्षा शाखा र बहुप्रशासकीय अधिकृतले गर्ने व्यवस्था गरिएको छ । लेखा परिक्षण गर्दा स्तरिय लेखा परीक्षक (चार्टर एकाउण्डटेन) बाट अनिर्वाय रुपमा लेखा परीक्षण गर्ने व्यवस्था गरेको छ । 
नगरले माध्यमिक तहमा एमएड उतीर्ण गरेको शिक्षकलाई प्रअ बनाउने नीति अबलम्बन गरेको छ । नियामावलीमा व्यवस्था गरिएको विकास प्रस्ताव तयार गरी प्रधानध्यापकलाई नियुक्त गरिने छ र त्यो योग्यता र क्षमता पुगेको प्रधानाध्यापकलाई दश प्रतिशत थप सुविधाको समेत व्यवस्था गरिएको छ । नियामावलीमा व्यवस्था भएअनुरुपको विकास प्रस्ताव भन्दा बाहिर रहेर नियुक्त भएको प्रधानाध्यापकको हकमा थप सुविधा लागू नहुने नियमावलीमा उल्लेख छ । 
नगरले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्वन्धित तह उतीर्ण गरेको विद्यालयका अभिभावकहरुबाटै अध्यक्ष हुने व्यवस्था गरेको छ । नगरले नगरशिक्षा समितिमा शिक्षकहरुको महासंघको प्रतिनिधि तथा वडा शिक्षा समितिमा विद्यालयका शिक्षक र भूतपूर्व शिक्षकहरु प्रतिनिधित्व रहने व्यवस्था गरेको छ । नगरले शिक्षाको गुणस्तरमा परिवर्तन ल्याउनका लागि खोज अनुसन्धानमुलक, परियोजनामुलक र प्रविधिमुलक शिक्षालाई जोड दिएको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको सहभागितामा सामुदायिक विद्यालयहरुमा सकेसम्म अङ्ग्रेजी माध्यममबाट पठनपाठन सुरु गर्ने व्यवस्या गरेको छ । यस्तै नगरले निजामति सोसरह शिक्षकहरुको बिदा र सेवा सुविधाको व्यवस्था गरेको छ । नगरले सुत्केरी बिदा ९८ दिन र सुत्केरी बिदा लिएको अवस्थामा दुई वटा बच्चासम्मको लागि बिदाको सुबिधासंगै प्लस पा“च हजार सुत्केरी खर्चको व्यवस्था गरेको छ । कुनै विद्यालयमा एक मात्र शिक्षिका भएको र त्यो शिक्षिका सुत्केरी भएर ९८ दिन विद्यालय बन्द हुने अवस्था आएमा नगरले जगेरा शिक्षक कोषको स्थापना गरी त्यस्तो विद्यालयमा जगेरा शिक्षकलाई पठाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्ने व्यवस्था गरेको छ । स्थानीय अस्थायी कर्मचारीको हकमा सम्वन्धित वडाको विद्यालय, स्रोतकेन्द्र र वडामा सचिवालय रहेर छनौट गर्ने व्यवस्था गरेको छ । नगरले भक्तपुर नगरपालिकाले खोप कलेजको अभ्यास गरेअनुसार वडाभित्र अथवा कुनै क्षेत्रभित्र आफ्नै स्वामित्वमा रहनेगरि अथवा अरुसँगको साझेदारीमा कलेज र विद्यालय खोल्न पाउने व्यवस्था गरेको छ । 
यदि कुनै सामुदायिक विद्यालय समुदाय अथवा विद्यालय व्यवस्थापन समितिले जिम्मा लिएर आफै विद्यालय चलाउने भए त्यस्ता विद्यलाय अथवा वडालाई एकमुष्ट रकम प्रदान गर्ने र त्यहाँ भएका सबै दरबन्दी नगरपालिकाले लिने व्यवस्था गरेको छ । नगरले जनप्रतिनिधिको हकमा कुनै विद्यालयको सञ्चालक समितिमा रहेको भए सञ्चालक समितिमा नरहने व्यवस्था गरेको छ । यस्तै, शिक्षकहरुको हकमा धुम्रपान, मध्यपान लगायतका सूर्तीजन्य वस्तु सेवन गरेर विद्यालय समयभित्र विद्यालय प्रवेश गर्न नपाउने नियमावलीमा उल्लेख छ । नगरपालिकामा १७ मावि, १२ आधारभूत र ६१ प्रावि छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित