संविधानको पूर्ण कार्यान्वयनका लागि उम्मेद्वारी दिएको छु : सिटौला

  • प्रकाशित मितिः माघ ३, २०८०
  • 204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ३–पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्ण सिटौलाले संविधानको पूर्ण कार्यान्वयनका लागि आफूले राष्ट्रिय सभामा उम्मेद्वारी दिएको बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनले माघ ३ गते दिक्तेलको वीपी स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानको पूर्ण कार्यान्वयन भएको भन्दै त्यसका लागि आफू राष्ट्रिय सभामा उम्मेद्वार बनेको बताएका हुन् ।
आगामी माघ ११ हुने राष्ट्रिय सभाको चुनावका लागि भोट माग्न दिक्तेल आइपुगेका सिटौलाले गणतन्त्र लगायत वर्तमान व्यवस्थाको पक्षमा लड्ने दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका नेताहरु एक ठाउँमा उभिएर गठबन्धन गरी राष्ट्रिय सभाको चुनावमा लागेको समेत बताए । ‘गणतन्त्र लगायतका वर्तमान व्यवस्थाको पक्षमा लड्ने कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका झलनाथ खनाल, माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवहरु सबै एक जुट भएर चुनावमा गठबन्धन गरेका छौं ।’ नेता सिटौलाले भने–‘यत्रो बलिदानी पूर्ण आन्दोलनबाट बनेको संविधान पूर्ण रुपले कार्यान्वयन भएको छैन, त्यसको कार्यान्वयनका लागि मैले उम्मेद्वारी दिएको हुँ ।’
हिजोको द्वन्द्वको अवस्थालाई शान्तिमा परिणत गरेको र अब पनि जनताको अधिकार सुनिश्चित गर्ने नेता सिटौलाले बताए । ‘हिजोको द्वन्द्वको अवस्थालाई शान्ति कायम ग¥र्यौ ।’ सिटौलाले भने–सिटौलाले भने–‘अबको अभिभारा भनेको जनताको अधिकार सुनिश्चित गर्ने हो ।’ नेता सिटौलाले कोसी प्रदेशमा जारी पहिचानको आन्दोलनलाई पनि वार्ताबाटै समाधान गर्ने बताएका छन् ।


कार्यक्रममा वाम–लोकतान्त्रिक गठबन्धनकै तर्फबाट राष्ट्रिय सभाको निर्वाचनमा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्दै उम्मेद्वार बनेकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य चम्पा कार्कीले जनताको अधिकार, संविधानको रक्षा, शान्ति प्रक्रियालाई पूरा गर्न लागि आफूहरुलाई उम्मेद्वार बनाएको बताइन् । कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाल, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मल राई लगायतले गठबन्धनका साझा उम्मेद्वारलाई जिताउँनु पर्ने धारणा राखे । कार्यक्रम कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको सभापतित्वमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित