अख्तियारको टोली दिक्तेलमा

  • प्रकाशित मितिः माघ २, २०८०
  • 321 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोली दिक्तेल आएको छ । स्थानीय तह स्तरीय सचेतना कार्यक्रमका लागि दिक्तेल आएको हो ।
यही अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट उजुरीसंग सम्वन्धित केही कागजातहरु मागेको छ । केही योजनाहरुमा अनियमितता भएको उजुरी परेको र त्यससम्वन्धी फाइलहरु मागेको नगरपालिका श्रोतले जनाएको छ । उजुरीसंग सम्वन्धित डकुमेन्टहरुको प्रमाणित प्रतिलीपीहरु नगरपालिकालाई मागेको हो ।
अख्तियारको टोलीले माघ ३ गते स्थानीय तह स्तरीय सचेतना कार्यक्रम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित