नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १–किरात यले सम्वत् यलेदुङ ५०८४ को अवसरमा मघ १ गते दिक्तेलमा धनुषवाण (आर्चरी) प्रतियोगिता गरिएको छ । प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पर्शुराम राई प्रथम भएका छन् ।

किरात गणराज्य मोर्चा खोटाङले दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको धनुषवाण प्रतियोगितामा ५४ जना सहभागीमध्ये प्रथम हुने राईले नगद पाँच हजार पाएका छन् । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सुमन राई दोस्रो र नगरपालिकाको वडा नं. १४ बुइपाका राजकुमार राई तेस्रो भएका छन् । दोश्रो हुने सुमन राईले तीन हजार र तेश्रो हुने राजकुमार राईले दुई हजार नगद पाएका छन् ।

प्रतियोगितामा विजयीलाई पूर्व संस्कृतिमन्त्री गोपाल किरातीले पुरस्कार वितरण गरेका छन् । धनुषवाण प्रतियोगिता समापनको अवसरमा यले सम्बत् ५०८४ को शुभकामना आदानप्रदानसमेत गरिएको छ ।





प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित