शैक्षिक गुणस्तर सुधारको उपाय खोज्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

  • प्रकाशित मितिः पुष २३, २०८०
  • 228 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २३–एक कार्यक्रमका सहभागीहरुले शिक्षक, जनप्रतिनिधि लगायतले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा पढाउँनु पर्ने धारणा राखेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पुस २२ गते आयोजना गरेको शिक्षामा सुधार सम्भव छ? विषयक अन्तरक्रिया कार्यक्रममा त्यस्तो धारणा राखेका हुन् ।
विभिन्न जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, पूर्व प्रअहरु, विद्यार्थी लगायतका सहभागी रहेको अन्तरक्रिया कार्यक्रममा त्यस्तो धारणा आएको हो । कार्यक्रमका सहभागीहरुले बसाइँ सराइँ, निजी विद्यालय, जन्मदर रोकथाम, वैदेशिक रोजगार लगायतका कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटेको बताएका छन् । कार्यक्रममा विभिन्न ३२ जना सहभागीले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित