संस्था छनौट प्रकरण : अख्तियारले छानविन सुरु ग¥यो

  • प्रकाशित मितिः माघ १६, २०७५
  • 2002 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १६–‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमशीलता’ कार्यक्रम सञ्चालनका लागि संस्था छनौटमा धादली भएको भन्ने विषयमा अख्तियारले छानविन सुरु गरेको छ । अख्तियार अनुसन्धान आयोग इटहरीमा उजुरी परेपछि उसले खोटाङस्थित प्रशासन कार्यालयमा छानविनका लागि पत्र मार्फत निर्देशनपछि छानविन सुरु भएको हो ।
क्रिश्चियन एड (केड)ले संस्था छनौट प्रक्रियामै धादली गरेर नविकरण नभएको, राजश्व नतिरेको लगायतका कैफियत देखिएको संस्था बालसेवा समाज नेपाललाई छनौट गरेको भन्दै गत महिना प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल मार्फत अख्तियारमा उजुरी परेको थियो ।
उक्त कार्यक्रमका लागि गत असोज ५ गते संस्था छनौटका लागि दरखास्त गर्ने अन्तिम मिति भए पनि असोज २६ गते मान्यता पाएको संस्थालाई छनौट गरिएको भन्दै उजरी दिइएको जनसेवा समाज नेपालका अध्यक्ष दानबहादुर राईले बताए । उक्त कार्यक्रमका लागि छनौट भएको संस्था बालसेवा समाज नेपालले असोज २५ गते राजश्व तिरेको र असोज २६ गते मात्र जिल्ला प्रशासन कार्यालय खोटाङबाट संस्था नविकरण गरेकाले उक्त छनौट धादली र गैरकानुनी भएकाले उजुरी गरिएको राईले सुनाए । राईका अनुसार संस्था छनौटका लागि संस्था नविकरण भएको हुनु पर्ने लगायतका मापदण्ड दरखास्त दिनेहरुका लागि सूचनामा उल्लेख गरिएको थियो ।
यसैबीच स्थानीय जनसेवा समाज नेपाल र नवकिरण सेवा समाजले छानविन प्रक्रिया किनारा नलागिन्जेल उक्त कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले भने आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले कार्यक्रम रोक्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित