बराहापोखरीमा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन

  • प्रकाशित मितिः पुष १६, २०८०
  • 190 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १६–बराहापोखरीमा सुवाश राईको संयोजकत्वमा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरिएको छ । पुस १५ गते भएको पहिचानपक्षधरहरुको भेलाले राईको संयोजकत्वमा १०५ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
संघर्ष समितिको सहसंयोजकमा सुवाशचन्द्र राई, सदस्य सचिवमा किसान राई चयन भएका छन् ।
भेलाले भुवल राईको संयोजकत्वमा १०५ सदस्यीय पहिचानका लागि युवा समूह समेत गठन गरेको छ । सहसंयोजकमा सुजन राई, सदस्य सचिवमा डिल्लीकुमार राईलाई जिम्मेवारी दिइएको छ ।
उक्त भेलाले भुवलराज राईको संयोजकत्वमा भुवन श्रेष्ठ, दिपक राई, भविन्द्र राई, भरत राई र हर्ककुमार राई रहेको ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति खोटाङका युवा परिचालन समितिका संयोजक निर्मल राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित