खोटाङको नेर्पामा तमुु ल्होसारको रौनक

  • प्रकाशित मितिः पुष १५, २०८०
  • 357 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा तमु ल्होसारको रौनक छाएको छ । हरेक वर्ष मनाउँने ल्होसार यो वर्ष बिराले वर्गलाई बिताई गर्दै गडुल वर्गको सुरुवातीमा गुरुङ समुदायले पुस १५ गते तामझामका साथ ल्होसार मनाएका छन् ।


टसि छ्योलिङ बौद्ध गुम्बामा बिहानैदेखि बालबालिका, युवायुवती तथा पाकाहरुले हर्सोल्लासका साथ तमु ल्होसार मनाएका हुन् । अन्नबाली भित्राएपछि सबै प्राणी जगतलाई संकट आइनपरोस्, सुख, समृद्धि र प्रगतिको कामनाका साथ वर्षभरिको नराम्रा कुराहरुलाई बिर्सदै नयाँ, राम्रा कुराहरुलाई अनुशरण गर्ने प्रतिबद्धताका साथ यो पर्व मनाइने स्थानीय तथा कालिका माविका प्रधानाध्यापक कृष्ण गुरुङले बताए । बिहानै गुम्बामा लामाले पूजा पाठ गरेपछि मानव लगायत सबै प्राणी जगतको दसाग्रह फाल्ने चलन छ ।


यो बेला दिन छोटो र रात लामो हुने भएकाले प्राणी जगतलाई रात काट्न सास्ती हुने भएकाले यो पृथ्वीमा सबैले सहजले बाँच्न पाओस् भनि सुस्वास्थ्य, दीर्घायुको कामना समेत गरिने गुरुङले बताए । यसरी हरेक पुस १५ गते ल्होसार मनाउँदै आएको उनको भनाई छ । यो अवसरमा आफन्त, नरनाता, इष्टमित्र सबै जाति समुदायकाहरुलाई निम्तो दिएर उल्लासले मनाइने गरेको उनले बताए । ल्होसारको अवसरमा आएका पाहुनाहरुलाई खाजा, खाना र नाजागाना लगायत विशेष कार्यक्रम गरी मनाउँने चलन छ ।


ल्होसारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले समृद्ध संस्कृतिको संरक्षण गर्नु पर्ने धारणा राखे । तमु ल्होसारले गुरुङ समुदायलाई मात्र होइन अन्य जातजाति तथा समुदायकाहरु बीचमा जातीय सदभाव, भाइचारा र एकतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भट्टराईले बताए । स्थानीय कालिका माविका पूर्व प्रअ वेदीकुमार राईले गुुरुङ समुदायको तमु ल्होसार साझा संस्कृतिको रुपमा विकास भइसकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित