खोटाङको मझुवागढीमा उधौलीको रौनक

  • प्रकाशित मितिः पुष १०, २०८०
  • 303 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस १०–
चिलाउने रुखमा चिल बस्यो,
नहुने मायाँ दिल बस्यो, दिल बस्यो लै लै दिल बस्यो ।
ढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौलीको अवसरमा पुस १० गते किराती समुदायका युवा युवती साकेला सिली नाचेका छन् । किरात राई यायोक्खा, किरात सेवा समाज, मझुवागढी संरक्षण समितिको आयोजनामा साकेला सिलीमा किरातीहरु मात्र होइन गैरकिरातले समेत लहर मिलाएका छन् ।
मङ्सिरे पूर्णीमामा उधौली र किरातीहरुले बैशाखे पूर्णीमामा उभौली गरी वर्षमा दुई पटक यो सिली नाँच्ने गर्दछन् । मङ्सिरे पूर्णीमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातले बताए । त्यस्तै बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली मनाउ“ने गरिन्छ ।
मङ्सिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । मङ्सिरे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाउने गरिएको किरातले बताए । उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । उभौली–उधौलीमा आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ । पुस १० गत जिल्लाका विभिन्न ठाउँहरुमा उभौली मनाइएको किरातले बताए ।
साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित