पक्राउ परेका पूर्व संस्कृति मन्त्री सहित पाँच जनालाई छाड्न संघर्ष समितिको माग, विना सर्त छाडन जिल्लास्थित राजनीतिक दल सहितको बैठकको निष्कर्ष

  • प्रकाशित मितिः मंसिर २८, २०८०
  • 421 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २८–प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले गत २६ गते पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत पाँच जनालाई विना सर्त छाड्नु पर्ने माग गरेका छन् । मङ्सिर २८ गते जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु सहितको बैठकपछि विज्ञप्ती जारी गर्दै रिहाई गर्नु पर्ने माग गरेको हो ।

कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई, माओवादी केन्द्र प्रदेश सदस्य विनोद आचार्य, जनता समाजवादी पार्टीका नेता रमेश राई, जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पिके खम्बु, सचिव सुनिल राई, एकीकृत समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य अनुप राई, राप्रपाका नेता ललितकुमार राई, नेकपा विप्लवका संजीव सी लगायत पहिचानपक्षधरहरुको संयुक्त बैठकले समेत विना सर्त रिहाई हुनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराती र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका उपाध्यक्ष एलबी मगरले विज्ञप्ती जारी गर्दै पक्राउ परेकाहरुलाई विना सर्त छाडनु पर्ने जनाउ दिएको छ । प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति पहिचानका लागि युवाका संयोजक सयन्द्र राई र सदस्य सचिव लम्बर राईले पनि विज्ञप्ती मार्फत विना सर्त रिहाइको माग गरेका छन् । 

पूर्व संस्कृति मन्त्री किराती लगायत जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई छाड्नु पर्ने विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका सबैलाई मङ्सिर २७ गते पाँच दिनको म्याद थप गरेर अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित