एमाले अध्यक्ष ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियान’ अवरोध गर्न पहिचानपक्षधरले बन्दको आह्वान ग¥यो

  • प्रकाशित मितिः मंसिर २२, २०८०
  • 770 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २२–एमाले अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियानलाई अवरोध गर्न पहिचानपक्षधरहरुले बन्दको आह्वान गरेका छन् । ओलीलाई पहिचान विरोधी भएको र किरात भूमिमा प्रवेश निधेष गर्न नदिने भन्दै बन्दको आह्वान गरेको मङ्सिर २२ गते दिक्तेलको रुपाकोट होटलमा पत्रकार सम्मेलन गरी जनाएका हुन् ।
ओलीले झुलाघाट–चिवाभन्ज्याङ अभियानमा पहिचानपक्षधरहरुलाई हेच्याउँने र उत्तेजित बनाउँने अभिव्यक्ति दिदै हिडकाले त्यसको प्रतिकारमा बन्दको कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व संस्कृति मन्त्री गोपाल किरातीले बताए । पहिचानपक्षधरहरुको आन्दोलन नितान्त पहिचानको आधारमा नामाङ्कनका लागि मात्र भएको तर ओलीको व्यवहार र अभिव्यक्तिले बन्दको आह्वान गर्नु परेको किरातीले जनाए ।
कार्यक्रममा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य कृष्ण चोङ्वाङ्ले ओलीको अभिव्यक्ति र भ्रमणबारे पुनर्विचार हुनु पर्ने बताए । उनले कोसी प्रदेशको पहिचानको आधारमा पुनः नामाङ्कन नभए आन्दोलन अझ सशक्त पारिने समेत बताए । यसका लागि घरदैलो कार्यक्रम पनि तय भइरहेको चोङ्वाङ्ले बताए ।
जनता समाजवादी पार्टीका नेता रमेश राईले पहिचानको आन्दोलन निस्तेज नभई झन बढेर जाने बताए । प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार मङ्सिर २५ गते मध्यपहाडी लोकमार्गको हलेसी, नुनथला, दिक्तेलमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरी विरोध गर्ने, मङ्सिर २६ गते मध्यपहाडी लोकमार्गको घुर्मीदेखि लेवाघाटसम्म अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित