नेता कार्यकर्ता एकजुट हुन कांग्रेस सभापति देउवाको आह्वान

  • प्रकाशित मितिः मंसिर १९, २०८०
  • 151 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
ओखलढुङ्गा, मङ्सिर १९—कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिएका छन् । मङ्सिर १९ गते ओखलढुङ्गा कांग्रेसको जिल्ला सम्मेलन तथा वीपी स्मृति भवन उद्घाटन गर्न आएका देउवाले नेता कार्यकर्ता एकजुट भएर काम गरे कांग्रेसले एक्लै बहुमत ल्याउँन सक्ने बताएका हुन् ।
उनले मुलुक संघीयतामा गइसके पनि समानुपातिक र समावेशी विकासको अवधारणा स्थापित हुन बाँकी रहेको बताए । देउवाले कांग्रेस एक्लैले बहुमतको सरकार बनाएको अवस्थामा जनताले चाहेको जस्तै गरी संविधान कार्यान्वयनमा काम गर्न सक्ने समेत बताए ।
‘सबैको साझा अपनत्वसहितको देश निर्माण र विकास गर्न काम गर्नै बाँकी छ’ उनले भने–‘तर अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । अहिलेको संविधानमा अहिलेनै एउटै पार्टीले मात्रै बहुमतको सरकार बनाउने अवस्था छैन । तैपनि हामी कांग्रेसमा सबै जना एकजुट भयौँ भने भोलि पार्टीले एकल बहुमत ल्याएर अझ कांग्रेसले जनताले चाहेका कुराहरू गर्न सक्नेछ ।’
उनले ओखलढुङ्गा नेपालको राजनीतिक इतिहासमा समेत ऐतिहासिक जिल्ला भएको उल्लेख गर्दै जिल्लामा पार्टीको आफ्नै भवन बनाउन सकेको भन्दै नेता कार्यकर्ताहरूलाई बधाई र धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित