नमस्ते खोटाङ संवाददाता–
ओखलढुङ्गा, मङ्सिर १९–पहिचान पक्षधरहरुले कोशी प्रदेश नामाङ्कनमा संलग्न प्रदेश सांसदहरुलाई कालो झण्डा देखाएका छन् । मङ्सिर १९ गते ओखलढुङको जिल्ला सम्मेलन तथा वीपी स्मृति भवन उद्घाटनमा आएका कोसी प्रदेश मुख्यमन्त्री केदार कार्की, पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सांसदहरु प्रदीप सुनुवार र रामकुमार खत्रीलाई कालो झण्डा देखाएका हुन् ।
यसक्रममा किरात राई यायोक्खाका महासचिव भीम राई, किरात राई यायोक्खा ओखलढुङ्गाका अध्यक्ष थगेन्द्रराज राई, नेपाल आदिवासी जनजाति महासंघ ओखलढुङ्गाका सचिव दीपेन्द्र रुम्दाली राई, किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव रेखराज राई, जनता समाजवादी पार्टी ओखलढुङ्गाका उपसचिव चम्मर राई, किरात वायुङ सुम्निखिम ओखलढुङ्गाका जिल्ला सदस्यहरु दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अस्मिन राई र सुरेन्द्र राईलाई करिब चार घण्टा नियन्त्रणमा लिएर छाडेको आन्दोलनमा सहभागी भीम राईले बताए । उनका अनुसार साडे एक बजेदेखि पक्राउ गरी पाँच बजेतिर बिनासर्त छाडिएको हो । उनीहरुलाई ओखलढुुङ्गाका पहिचानवादीहरुले स्वागतपछि कोणसभा समेत गरेका छन् । कोणसभामा पहिचानका आधारमा पुनःनामाङ्कन नभएसम्म आन्दोलनका कार्यक्रमहरु चर्काउँने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित