खोटेहाङमा माओवादी स्कुल

  • प्रकाशित मितिः मंसिर १६, २०८०
  • 469 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा माओवादी केन्द्रको स्कुल सञ्चालन भएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मङ्सिर १६ गते एक दिने स्कुल सञ्चालन भएको हो ।
नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाको आयेजनामा भएको उक्त स्कुलमा माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा र नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिका इन्चार्ज तथा खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’ले प्रशिक्षण दिएका थिए ।


अनुशासन आयोगका अध्यक्ष राईले संघीयता र उत्पीडित राष्ट्रियता पहिचान बारे माक्र्सवादी दृष्टिकोण, नेपालको राजनीतिक इतिहास र माओवादी आन्दोलन, गणतन्त्रात्मक व्यवस्था किन र कसका लागि लगायतका विषयमा प्रशिक्षण दिएको नेकपा माओवादी खोटेहाङ गाउँपालिका अध्यक्ष दिपेन थुलुङले बताए ।


कार्यक्रममा लेखा आयोगका अध्यक्ष खतिवडाले माक्र्सवादी दर्शन र कम्युनिष्ट पार्टी, पार्टीको आचरण, माओवादी केन्द्रको कार्यदिशा लगायतका बारेमा प्रशिक्षण दिएका थिए । नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिका इन्चार्ज तथा खोटेहाङ गाउँपालिका अध्यक्ष समेत रहेका उदीमबहादुर राई ‘मुक्ति’ले स्थानीय सरकारको भूमिका, पार्टी र सरकार बीचको अन्तर सम्वन्धको बारेमा प्रशिक्षण दिएको थुलुङले बताए । थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाभरका नेता–कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित