एमालेले मङ्सिर २६ गते घुर्मीमा बृहत सभा गर्ने

  • प्रकाशित मितिः मंसिर १५, २०८०
  • 171 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १५–एमालेले मङ्सिर २६ गते घुर्मीमा बृहत सभा गर्ने तयारी गरेको छ । कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण अभियान सुरु गरेको भोलिपल्ट मङ्सिर १५ गते घुर्मीमै बैठक गरी उक्त कार्यक्रमको निधो गरेको हो ।
बैठकमा खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुरका केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारी सदस्यहरु र चारै जिल्लाका अध्यक्ष लगायत पदाधिकारीहरु सहभागी थिए । बैठकले समृद्धिका लागि संकल्प यात्रालाई भब्य रुपमा सम्पन्न गर्न व्यवस्थापनका लागि विभिन्न जिम्मेवारी तोकिएको एमाले खोटाङका अध्यक्ष राम दंगालले बताए ।
पहिचानपक्षधरहरुले भने मङ्सिर २५ गते विभिन्न १८ ठाउँमा सांस्कृतिक साहित्यिक कार्यक्रम सहित कोठ सभा तथा २६ र २७ गते घुर्मीदेखि चिवाभन्ज्याङसम्म सडक बन्द र गरेको छ । पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायतका उपस्थितिमो उक्त कार्यक्रम घोषण गरेको थियो । संघर्ष समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदहरुलाई विरोध गर्ने घोषणा गरिसकेको पहिचानपक्षधर भीम राईको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित