घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण अभियान सुरु

  • प्रकाशित मितिः मंसिर १५, २०८०
  • 180 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १५–कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण अभियान सुरु गरेको छ । चलाउँदै छ । मङ्सिर १४ गते उदयपुरको घुर्मीबाट उक्त अभियान सुरु गरेको हो ।
अभियानको थालनी पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत पहिचानवादीहरुले गरेका हुन् । पहिचानका लागि युवाका केन्द्रीय संयोजक भीम राईका अनुसार मङ्सिर २५ गते विभिन्न १८ स्थानमा सांस्कृतिक साहित्यिक कार्यक्रम सहितको कोणसभा गरिने छ । मङ्सिर २६ र २७ गते मध्यपहाडी लोकमार्गअन्तर्गत उदयपुरको घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवाभन्ज्याङसम्मको सडक बन्द गरिने राईले बताए । ‘पहिचान पक्षधरहरुको विरुद्धमा बोल्नेहरुलाई यस क्षेत्रमा कुनै पनि हालतमा हिँड्न दिइने छैन ।’ राईले भने–‘यो लडाइ हाम्रो अस्तित्वसंग जोडिएको छ ।’ उनले थपे–‘कुनै पार्टीलाई छेक्ने हाम्रो रणनीति होइन, तर हाम्रो आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई चाहिँ जुनसुकै पार्टीको भए पनि हामी छिर्न नै दिँदैनौँ ।’
संघर्ष समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदहरुलाई विरोध गर्ने घोषणा गरिसकेको राईको भनाई छ ।
संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री किराती, जनता समाजवादी पार्टीको किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णु दाहाल लगायतले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित