सविना अछामे–
खोटाङ, मङ्सिर ६–बिचौलियाका कारण उपभोक्ताले उपभोग्य वस्तु नपाएको गुनासोपछि बिहान ७ बजेबाट मात्र हटिया लाग्न सुरु गरेको छ । बिहान झिसमिसेमै हटिया लाग्ने र बिचौलियाले हडपेर उपभोग्य वस्तु उपभोक्ताले नपाउँने गुनासो आएपछि ७ बजेबाट मात्र हटिया लगाउँन सुरु गरेको हो ।
उपभोक्ताको गुनासोपछि प्रहरीले अघिल्लो हप्तानै सूचना जारी गरेको थियो । मङ्सिर ६ गते बिहान प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का, नगर प्रहरी, स्थानीय लगायतको सहभागितामा ७ बजेदेखि हटिया सुरु गरिएको हो । किसान र उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै विहान ७ बजेदेखि हटिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । निर्धारित समयमा हटिया आउँने उपभोक्तालाई खादा ओढाएर धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित