आगलागीको बेला घाइते भएकी किशोरीको उपचार खर्च केपिलासगढी गाउँपालिकाले ब्यहोर्ने

  • प्रकाशित मितिः मंसिर ५, २०८०
  • 146 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर ५–गत मङ्सिर ३ गते राती बाक्सिलामा भएको आगलागीमा भाग्ने क्रममा घाइते भएकी १५ वर्षीया सरिता तामाङको उपचार खर्च केपिलासगढी गाउँपालिकाले ब्यहोर्ने भएको छ । मध्यरातमा भएको आगलागीमा ज्यान जोगाउँन हाम फाल्दा मुखमा गम्भिर चोट लागेको र उनको उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले ब्यहोर्ने भएको हो ।
तामाङको काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । ‘जे जति खर्च लाग्छ सबै गाउँपालिकाले ब्यहोर्छ ।’ गाउँपालिका अध्यक्ष समीर राईले भने । तामाङ पृथ्वी मावि बाक्सिलामा कक्षा ९ मा अध्ययनरत छन् । आगलागीमा करिब १५ लाख बराबरको क्षति भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित