शुभमका विद्यार्थीले लाखौंको फूल उत्पादन गरे

  • प्रकाशित मितिः कार्तिक २७, २०८०
  • 205 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँस्थित शुभम फाउण्डेसनकी पार्वती विश्वकर्मा कात्तिक २६ गते बिहानैदेखि फूल टिप्ने हतारोमा थिइन् । उनी लगायत त्यहाँ अध्ययनरत विद्यार्थी पनि फूल टिप्ने धाउन्नमा देखिन्थे । तिहारको बेला फूलको माग भएकाले उनीहरु फूल टिप्न निक्कै नै व्यस्त थिए ।

3 1
फाउण्डेसनले यो तिहारमा मात्र करिब हजार केजी सायपत्री फूल बिक्री गर्ने योजना बनाएको फाउण्डेसन कार्यकारी निर्देशक सूर्यबहादुर राईले बताए । प्रतिकेजी दुई सय ५० रुपैया“का दरले बिक्री गर्दा तीन दिनमा दुई लाख ५० हजार रुपैयाँ आउँने राई बताउँछन् ।

2
यो फूल फाउण्डेसनमा व्यवहारिक शिक्षा लिइरहेका देश विदेशका एक सय ५० विद्यार्थीहरुले उत्पादन गरेको हो । पाँच रोपनी जग्गामा लगाइएको यो फूल जिल्ला बाहेक तराई तथा राजधानी निर्यात भएको राईको भनाई छ । फूलबाट संकलित रकम विद्यार्थीका लागि नै खर्च हुने राईले बताए ।

4 1

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित