नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँस्थित शुभम फाउण्डेसनकी पार्वती विश्वकर्मा कात्तिक २६ गते बिहानैदेखि फूल टिप्ने हतारोमा थिइन् । उनी लगायत त्यहाँ अध्ययनरत विद्यार्थी पनि फूल टिप्ने धाउन्नमा देखिन्थे । तिहारको बेला फूलको माग भएकाले उनीहरु फूल टिप्न निक्कै नै व्यस्त थिए ।
फाउण्डेसनले यो तिहारमा मात्र करिब हजार केजी सायपत्री फूल बिक्री गर्ने योजना बनाएको फाउण्डेसन कार्यकारी निर्देशक सूर्यबहादुर राईले बताए । प्रतिकेजी दुई सय ५० रुपैया“का दरले बिक्री गर्दा तीन दिनमा दुई लाख ५० हजार रुपैयाँ आउँने राई बताउँछन् ।
यो फूल फाउण्डेसनमा व्यवहारिक शिक्षा लिइरहेका देश विदेशका एक सय ५० विद्यार्थीहरुले उत्पादन गरेको हो । पाँच रोपनी जग्गामा लगाइएको यो फूल जिल्ला बाहेक तराई तथा राजधानी निर्यात भएको राईको भनाई छ । फूलबाट संकलित रकम विद्यार्थीका लागि नै खर्च हुने राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित