दिप्रुङ चुइचुम्मामा एमाले, कांग्रेसबाट माओवादीमा प्रवेश

  • प्रकाशित मितिः कार्तिक ३, २०८०
  • 828 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३–एमाले, काग्रेसका स्थानीय नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ओख्रेमा कात्तिक ३ गते आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे ‘आकाश’का अनुसार एमालेबाट उमेश कटवाल, सुस्मा राई, वीरबहादुर गुरागाईँ, कुमारी श्रेष्ठ, निर्मला परियार, नवराज कार्की, कांग्रेसबाट मिलन थापा, सुमन थापा, शंकर थापा, शोभा खड्का भुजेल, उषा राई र नवीन भुजेल प्रवेश गरेका हुन् । ।
प्रतिनिधिसभा सदस्य रामकुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी प्रदेश समिति सदस्य सोनिया, जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे ‘आकाश’, सचिव जीवन राई ‘संगीन’ लगायतका नेताहरुले नव प्रवेशीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित