खोटाङमा समाजवादी मोर्चा संयोजन समिति घोषणा

  • प्रकाशित मितिः आश्विन २६, २०८०
  • 352 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २६–जिल्लामा समाजवादी मोर्चा संयोजन समिति घोषणा गरिएको छ । असोज २६ गते जिल्ला समन्वय समितिको समीक्षालयमा भएको कार्यक्रममा जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पीके खम्बुको संयोजकत्वमा समाजवादी मोर्चा नेपाल घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले घोषणा गरेका हुन् । समाजवादी मोर्चा नेपाल खोटाङको समिति सदस्यहरुमा नेकपा माओवादी पार्टीका तर्फबाट दिपक पाण्डे ‘आकाश’, जीवन राई ‘संगीन’, नेकपा एकीकृत समाजवादीबाट जलशेर राई र दधि श्रेष्ठ, जनता समाजवादीबाट निर्मल राई, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट संजीव मगर ‘सी’ र सुदिप खत्री ‘सी’ छन् ।

tanka
समितिको नेतृत्व आलोपालोमा छ÷छ महिनामा परिवर्तन गरिने छ । मोर्चाले सचिवालय समेत गठन गरिने मोर्चाले जनाएको छ । मोर्चाले साझा नीति तथा कार्यक्रम, आचार संहिता र आवश्यकता अनुसार कार्यविधिहरु बनाउने र त्यसलाई समय सापेक्ष परिमार्जन गर्ने समेत जनाएको छ । मोर्चाले घटक सदस्यहरु बीच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीयस्तरसम्म प्रचार प्रसार, अन्तरक्रिया, आमसभा तथा आवश्यकता अनुसार संयुक्त संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चेम्जोङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राई, नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री राजन राई, नेकपा विप्लव समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी ‘शैलेस सी’ लगायतले संवोधन गरेका थिए ।

morcha
कार्यक्रममा नेकपा माओवादीकी केन्द्रीय सदस्य चम्पा कार्की ‘आशा’ केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु रमेश राई, डा. कृष्णकुमार राई, देवराज राई, नेकपा एकीकृत समाजवादीका प्रदेश नेता बबी चाम्लिङ, जनता समाजावदीका नेता राकेश राई लगायत नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित