सडक पीडितको बिलौना

  • प्रकाशित मितिः माघ १३, २०७५
  • 1278 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १३–मध्यपहाडी लोकमार्गले घर–बारी उठिबास हुने भएपछि त्यसको बिलौना पोखेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत बाझेच्यानडाडा“–दिक्तेल सडकले घर–बारी उठिबास हुने भएपछि पीडितहरुले बिलौना पोखेका हुन् ।
बाझेच्यानडाडा“–दिक्तेलसम्मको करिब ८८ किलोमिटर सडकमा करिब १२ सय घर भत्काइएको थियो । सरकारले घर सार्नका लागि सरदर दश हजारदेखि दुई लाख रुपैया“ मात्र उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष हर्क खत्रीले बताए । खत्रीका अनुसार सडकको बीच भागबाट ३१–३१ मिटर जग्गा छोड्नु पर्ने भएकाले कयौंको उठिबास भएको छ । कतिपयले घडेरी किनेकाले त्यसमा पनि सर्वसाधारण लाखौं डुबेको खत्रीले सुनाए । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं २ सोल्मा, वडा नं ६ नेर्पा, वडा नं ७ दोर्पा, वडा नं ८ बुवालुङ र वडा नं ९ निर्मलीडाडा“ तथा साकेला गाउ“पालिकाको वडा नं १ बाझेच्यानडाडा“का करिब १२ सय घर भत्काएर अन्यत्र सारिएको हो । उनीहरुलाई प्रति घर दश हजारदेखि दुई लाख रुपैया“सम्म क्षतिपूर्ति दिइएको सडक विभागमा कार्यरत इन्जिनियर भरत आचार्यले सुनाए । उक्त राहत जिल्ला प्रशासन मार्फत वितरण गरिएको हो । कति राहत वितरण गरियो भन्ने एकीन विवरण भने उपलब्ध गराउ“न समय लाग्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले सुनाए ।
राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने यो सडक खण्डमा अन्य थुप्रै घरहरु पनि परेकाले अझ धेरै विस्थापित हुनु पर्ने अवस्था आएको वडा नं ६ का वडा अध्यक्ष माधव राईले बताए । सडकले कपितयको सबै जग्गा मिचेको समेत राईले सुनाए । सडक पीडितलाई सरकारले राहत उपलब्ध गराउ“नु पर्ने राईले धारणा राखे । ‘कतिपय मान्छेलाई सडकले सुकुम्बासी नै बनाएको छ ।’ वडा अध्यक्ष राईले भने–‘यसबारेमा हामीले विभिन्न ठाउ“मा ध्यानाकर्षण गरायौं, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।’  
सडक पीडितहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदादेखि निरन्तर रुपमा राहतको माग गरे पनि सुनुवाइ नभएको वडा अध्यक्ष खत्रीले सुनाए । ‘विभिन्न समयमा प्रधानमन्त्री, स्थानीय सरकार लगायतका विभिन्न निकायमा ज्ञापन बुझाइयो ।’ खत्रीले भने–‘अहिलेसम्म कुनै निकायले वास्ता गरेन ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने सडक आसपास बनाइएका घर टहरा भत्काउ“न र सम्वन्धित व्यक्ति नगरपालिकाले भत्काउ“ने े सूचना जारी गरेको छ । विकल्प विनाको सूचना जारी गरेको भन्दै सडक पीडितहरुले गुनासो गरेका छन् । ‘भएको जग्गा नै यति हो, त्यो पनि सडकले खाइदियो ।’ अल्छेढुङ्गास्थित सडक पीडित कृष्णबहादुर खत्रीले भने–‘यसमा बनाइएको घर पनि नगरपालिकाले भन्काउने उर्दी गरेको छ ।’ 
त्यस्तै अल्छेढुङ्गामा घडेरी किनेर बसेका बलराम कठायतले पनि सडकले आफूहरुलाई विस्थापित गरेको बताए । ‘जम्माजम्मी भएको सम्पत्ति घडेरीमा लगाइयो ।’ कठायतले भने–‘यो पनि सडकले खाइदियो ।’ उनले थपे–‘केही बचेको घडेरीमा पनि घर बनाउन नदिएपछि बालबालिका लिएर नगरपालिकामा धर्ना बस्नु पर्ने अवस्था आएको छ ।’ उनले भने–‘बचेको घडेरी न किनबेच हुन्छ, न घर बनाउन पाइन्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाललले भने सडक आसपासमा बनाइएका घरहरु भत्काउने निर्देशन आएकाले त्यसै अनुसार निर्णय गरेर कार्यान्वयनको चरणमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित