‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’मा आएका देशी विदेशी चित्रकारहरुहरुलाई विदाई

  • प्रकाशित मितिः आश्विन २१, २०८०
  • 311 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २१–‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ मा आएका देशी विदेशी चित्रकारहरुहरुलाई विदाई गरिएको छ । असोज १७ गतेबाट सुरु चित्रकलामा सहभागी विभिन्न १४ देशका ४३ चित्रकारहरुलाई असोज २१ ग्ते विहान शुभम् फाउण्डेसनबाट विदाई गरिएको हो ।
चित्रकलामा १८ विदेशी र २५ स्वदेशी चित्रकारहरुले सय वटा बढी चित्र कोरेका थिए । नेपाल सहित अष्ट्र्ेलिया, बङ्गलादेश, भुटान, चिन, इजिप्ट, भारत, जापान, लिथुआनिया, लाट्भिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियत्नामका चित्रकारहरु सहभागी भएका हुन ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा, मझुवागढी, खाल्लेको कुमालगाउँ, दिक्तेल, शुभम फाउण्डेसन, भुलभुले लगायतका ठाउँहरुमा लाइभ चित्र कोरेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
कार्यक्रमको समापनमा गायक राजेश पायल राई लगायत स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए । यसका साथै महिला उद्यमी संघ खोटाङले मौलिक खानाका परिकार, शुभ कृषि फर्मले किवीबाट उत्पादित विभिन्न परिकारहरुको स्वाद चखाएको कार्यशालाका स्थानीय संयोजक ओजोनबाट आचार्यले बताए । देशी तथा विदेशी कलाकारहरुले तीन दिनसम्म कोरेको चित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संग्रहालय बनाएर राख्ने योजना बनाइएको भट्टराईले बताए । चित्रकला कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८ लाख रुपैया“ विनियोजन गरेको उपप्रमुख विसन राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित