एमाले लगायत विभिन्न दलका झण्डै तीन दर्जन नेता–कार्यकर्ता माओवादीमा प्रवेश

  • प्रकाशित मितिः आश्विन १३, २०८०
  • 625 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १३–नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘विशेष रुपान्तरण जन अभियान’ कार्यक्रम अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिकामा असोज १३ गते सम्पन्न कार्यक्रममा एमाले लगायत विभिन्न पार्टीका झण्डै तीन दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । एमाले पूर्व गाउँ पार्टी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य कृष्ण कार्की लगायतका नेता–कार्यकर्ताहरु प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादी पार्टी दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष शेरबहादुर थापा, एमाले पालिका कमिटी सदस्य बाबुराम खत्री, एमाले डाडाँगाउँ वडा सचिव दिनेश पौडेल, एमाले दलित महिला सदस्य मनमायाँ विश्वकर्मा, एमाले डाडाँगाउँ वडा सदस्यहरु नारायण विश्वकर्मा, उमा श्रेष्ठ, नारायण खत्री, जनककुमारी श्रेष्ठ, रामकुमारी बस्नेत, चन्द्रकला खत्री, चन्द्रिका खत्री, युवराज पौडेल, रिता खत्री, राप्रपा डाडाँगाउँका अध्यक्ष दिलबहादुर खड्का लगायत प्रवेश गरेका हुन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका पदमबहादुर नेपाली, कांग्रेस डाडाँगाउँ क्षेत्रीय प्रतिनिधि गंगाबहादुर विश्वकर्मा, कांग्रेस वडापार्टी उपसभापति गणेश कटवाल, एमाले वडा सदस्यहरु सरस्वती विश्वकर्मा, मनमायाँ थापा, कर्णबहादुर विश्वकर्मा, मेनुका खत्री, हर्कबहादुर विश्वकर्मा, सुशिला राई, पार्वता विश्वकर्मा, एमाले बतासेका मानबहादुर खत्री लगायत ३३ जना प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्र लेखा आयोगका अध्यक्ष पेशल खतिवडा, प्रदेश सदस्य अर्जुनकुमार खड्का ‘झङ्कार’, जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे ‘आकाश’, खोटेहाङ गाउँपालिका सहइन्चार्ज इन्द्र नारथुङे, युवा नेता गोपालचन्द्र राई, वाइसीयलका किसान राई लगायतको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित