खोटेहाङ गाउँपालिकामा वाइसीयल विस्तार

  • प्रकाशित मितिः आश्विन १२, २०८०
  • 250 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीयलको संगठन विस्तार गरिएको छ । उक्त पालिकाको वडा नं १, २, ४, ५, ६८ र ९ मा संगठन विस्तार गरिएको हो ।
भदौ १६ गतेदेखि असोज ९ गतेसम्म संगठन विस्तार गरिएको वाइसीयल प्रदेश १ का सदस्य तथा जिल्ला सचिव प्रभात राईले बताए । उनका अनुसार वडा नं १ लिकुवापोखरीमा टार्जन राईको अध्यक्षतामा ३५ जना, वडा नं २ वाप्लुखामा लक्ष्मण राईको अध्यक्षतामा २७ जना, वडा नं ४ बडकादियालेमा रोहित राईको अध्यक्षतामा २१ जना, वडा नं ५ चिप्रिङमा प्रदिप राईको अध्यक्षतामा २५ जना, वडा नं ६ इन्द्रेणीपोखरीमा किरण राईको अध्यक्ष्तामा २३ जना, वडा नं ८ सिम्पानीमा राजेश प्रधानको अध्यक्षतामा २१ जना र वडा नं ९ लिच्किराम्चेमा रोहित राईको अध्यक्षतामा ३३ जनाको वडा समिति निर्माण गरिएको छ ।
माओवादी केन्द्र लेखा आयोगका अध्यक्ष पेशल खतिवडा, जिल्ला सचिव जीवन राई संगीन, प्रदेश नं. १ प्रदेश कमिटी सदस्य तथा खोटेहाङ गाउँपालिका इन्चार्ज एबम् खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई (मुक्ति), गाउँपालिका पार्टी सहइन्चार्ज इन्द्र नारथुङे, अध्यक्ष दिपेन थुलुङ, उपाध्यक्ष इन्द्रहाङ राई, पालिका पार्टी सचिव तथा इन्द्रेणीपोखरी वडाअध्यक्ष वसन्त राई, सह–सचिव तथा चिप्रिङका वडाअध्यक्ष किरण राई, वाइसीयल केन्द्रीय सदस्य आदेश, वाइसीयल प्रदेश १ का सदस्य तथा जिल्ला सचिव प्रभात राई लगायतको संगठन विस्तारमा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित